सिभिल बैंकद्वारा सहयोग प्रदान



सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा हाँस्य कलाकार सन्दीप क्षेत्री केही समय अघि प्रसारण भएको ‘को बन्छ करोडपति’ टिभी कार्यक्रममा सहभागी हुनु भएको थियो। सो कार्यक्रममा १ लाख ६० हजार (कर सहित) नगद पुरस्कार जित्नु भएको थियो। सो रकममा थप गरी तीन लाख पु¥याई गत वर्षको हावाहुरी प्रभावित विद्यालयलाई सहयोग गगरिएको बैंकले जनाएको छ।
एक कार्यक्रमका बीच पर्सा, खुतुवापर्र्सौनीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई विद्यालय भवनको छत मर्मतको लागि सो रकम हस्तान्तरण गरेको हो। सो रकम सिभिल बैंकको माइक्रो बैंकिङ प्रमुख युवराज गुरागाईंले विद्यालयका प्रधान अध्यापक रामेश्वर प्रसाद यादवलाई हस्तान्तरण गर्नु भयो। यस अघि पनि श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, जितपुर, बाराको छत मर्मतको लागि बैंकले रकम प्रदान गरेको थियो।ु

प्रतिक्रिया दिनुहोस्