गोरखाको छेपेटारमा प्रभु बैंक



प्रभु बैंकले गोरखा जिल्लाको छेपेटारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। गोरखा नगरपालिकाका मेयर राजनराज पाण्डे शाखा उक्त उद्घाटन गर्नु भएको हो।

शाखा कार्यालय उद्उघाटन गर्दै गोरखा नगरपालिकाका मेयर पाण्डेले छेपेटार शाखाबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने बताउँदै बैंकिङ पहुँचभन्दा बाहिरका नागरिकलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्