मेगा बैंकमा खाता खोल्दा डेढ करोडसम्मको बीमा



नेपाल समाचारपत्र, काठमाडौं। मेगा बैंक नेपालले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना ल्याएको छ। ग्राहकहरूलाई आकर्षक र नवीनतम सुविधाहरू प्रदान गर्दै मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले मेगा माया बचत खाता फेमिली फस्ट योजना सञ्चालनमा ल्याएको हो।

खातावाल तथा श्रीमान–श्रीमतीलगायत दुई जना सन्तानका लागि यो खाता खोल्न सकिनेछ। खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीन वटा विकल्प राखिएको छ।

तीन फरक योजनामध्ये आफूलाई उपयुक्त योजना छनोट गर्न सकिनेछ। जसबाट दुर्घटना मृत्यु बीमा, घातक रोग बीमा र उपचार खर्च समेत गरी एक परिवारका लागि नेको इन्स्योरेन्समा डेढ करोडसम्मको बीमा सुरक्षाको व्यवस्था गरिएको छ।

यो बाणिज्य बैंकले प्रदान गर्दै आएको बीमा सुरक्षा रकममध्ये हालसम्मकै सर्वाधिक रकम हो। यो खाता कर्मचारी, स्वरोजगारमुलक व्यवसाय गरिरहेका सर्वसाधारण व्यवसायी, विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिलाई उपयुक्त हुने मेगा बैंकले जनाएको छ।

यो खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्डमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म र क्रेडिट कार्डको शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था छ। यसका अलवा मेगा बैंकले यसअघिदेखि नै न्यूनतम मौज्दात एक हजारदेखि नै बीमा सुविधासहितको बचत योजना पनि उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्