टाटा मोटर्सको ‘द टाटा मोटर्स इम्पेर्र प्रोगाम’ शुरु



नेपाल समाचारपत्र, काठमाडांै।टाटा मोटर्स नेपालको आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रालिले नेपालको एक मात्र लोयल्टी प्रोग्राम, कमर्सियल गाडी इन्डस्ट्रिको लागि द टाटा मोटर्स इम्पेर्र प्रोगामको उद्घाटन गरेको छ।

यो कार्यक्रम टाटा मोटर्सको सम्पूर्ण कमर्सियल गाडीको लागि हो, जसले नयाँ तथा पुरानो दुवै खरिदकर्तालाई समावेश गर्छ। यो कार्यक्रमले कम्पनीको विशेष ग्राहकलाई सम्मान गर्दै ती ग्राहकहरूलाई रिवार्ड प्वाइट प्रदान गर्दछ।

उक्त कार्यक्रममा नयाँ तथा पुरानो र पार्टपूर्जा, सर्भिस, गाडीको रिकन्स्ट्रक्सन तथा वार्षिक मर्मत कन्ट्रयाक्ट खरिदकर्तालाई प्रदान गरिने छ।ग्राहक वर्गहरूलाई सम्मान गर्दै, एक उत्कृष्ट सेवा सुविधा दिई टाटा मोटर्सको खरिद तथा मर्मत प्रक्रियालाई अविस्मरणीय बनाउने उद्देश्यले यो लोयल्टी प्रोग्राम शुरु गरिएको हो।

यो प्रोग्रामले व्यापारको बढावा दिने मात्र नभई ग्राहकको लागि अरू सुविधा पनि प्रदान गर्छ। जस्तै टाटा मोटर्सको फ्याक्ट्री निरीक्षण तथा प्रदर्शनीमा समावेश पनि गराउँदछ।

उक्त समारोहमा टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्राले नेपाली कमर्सियल गाडी इन्डस्ट्रिमा ग्राहकसँगको सम्बन्धलाई सुमधुर बनाई सम्पूर्ण व्यवसायलाई नै नयाँ उचाईमा पुराउने विश्वास व्यक्त गर्नु भएको छ।

यो लोयल्टी प्रोगामलाई ग्राहक महानुभावले रुचाई दिनु भएकोमा आभार व्यक्त गर्दै यस किसिमको कार्यक्रम नेपाली इन्डस्ट्रिको लागि नयाँ बेन्च मार्क हुने उहाँले बताउनुभयो।

उक्त समारोहमा सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राले ग्राहकको पहिलो रोजाइ बन्ने लक्ष्यसँगै टाटा मोटर्ससँगको सहकार्यलाई अझ प्रगाड र बलियो बनाउने उद्देश्य व्यक्त गर्नु भएको थियो।

टाटा मोटर्स इमपेर्र एक लोयल्टी प्रोग्राम मात्र नभएर टाटा मोटर्सको उच्चस्तरीय सेवा सुविधा प्रस्तुत गरि ग्राहक वर्गहरूलाई आफ्नो इच्छा आकांक्षा पछ्याउने प्रेरणा मिल्ने विश्वास राणाले लिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्