महिन्द्रा एक्सयूभी ३०० को मूल्य सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडांै। महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले यस पटकको नाडा अटो शोमा एक्सयूभी ३०० र नयाँ एमपीभी मराजोसहित टीयूभी ३०० र स्कर्पियो पिकअप राख्ने जानकारी दिएको छ।

यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ। नयाँ एक्सयूभी ३०० को मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार र डब्लु ८ (अफ्सनल) वर्गका लागि ५६ लाख ५० हजार त्यस्तै गरी डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लख २५ हजार, डब्लु ६ वर्गका लागि रु ४५ लाख, डब्लु ८ वर्गका लागि ५१ लाख ५० हजार र डब्लु ८ (अफ्सनल) वर्गका लागि ५७ लाख २५ हजार रुपियाँ तोकिएको छ। त्यस्तै मराजो एम ६ को मूल्य रु ५८ लाख २० हजार र एम ८ को मूल्य ६४ लाख ३० हजार तोकिएको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्