पञ्चकन्या ग्रुपले ४७औं वार्षिकोत्सवमा रक्तदान



काठमाडौं, (नेस)। पञ्चकन्या ग्रुपले आफ्नो ४७औं वार्षिकोत्सव मनाउने सिलसिलामा गु्रपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गर्यो।

उक्त रक्तदानमा ग्रुपका सञ्चालकज्, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिस्टर्स कन्र्सन उद्योगमा कार्यरत कर्मचारी र ग्रुपसँग आवद्ध शुभचिन्तकहरू गरी सहभागीमध्ये जम्मा ४५ जनाले रक्तदान गरेका थिए।

पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्