निसान गाडी नाडा अटो शोमा बुकिङ गर्दा मोबाइल पाइने



काठमाडौं, (नेस) ।नाडा अटो शोमा निसान गाडीले ‘फेस्टिभ ड्राइभ’ उपहार योजना समावेश गरेको छ। निसान फेस्टिभ ड्राइभ योजनाअन्तर्गत नाडा अटो शोमा आएका ग्राहकलाई गाडी बुकिङ गरेवापत ३१ हजार ९९९ रुपियाँबराबरको एमआई ८ लाइट मोबाइल निःशुल्क दिइने कम्पनीले जनाएको छ।

त्यस्तै गाडीका खरिदकर्ताबीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेसिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउनेछन्।
यसका अतिरिक्त आकर्षक नगद छुट ५ लाखसम्म र फेस्टिभ ड्राइभ नगद छुट ३ लाखसम्मको प्रावधान राखिएको छ।

९५ हजार ९ सयसम्मको निःशुल्क एसेसरिज, एक वर्षसम्मका बीमा र सडक कर, ३ वर्षसम्मको सर्भिसिङ, ३ वर्ष वारेन्टी, सर्भिसिङ लोयल्टी र एक्सचेन्ज बोनसको समेत प्रावधान राखिएको छ।नाडा अटो शोका लागि लागू भएको यो योजना चाडपर्वको मौसमसम्म नै रहने छ।

 

प्रतिक्रिया दिनुहोस्