जिप कम्पास ट्रायलहक सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडांै।एमएडब्लु लाइफले जिपको ‘ट्रायल रेटेड’ एसयुभी कम्पास ट्रायलहक सार्वजनिक गरेको छ। न्याँ कम्पास ट्रायलहकमा २ लिटरको मल्टिजेट टर्बोडिजेल इन्जिन प्रयोग गरिएको छ।

जसले अधिकतम १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ। जिपले कम्पास ट्रायलहकमा पहिलोपटक ९ स्पिडको डिजेल अटोमेटिक ट्रान्समिसन भएको इन्जिन प्रयोग गरेको छ जुसले गर्दा यो एसयुभी कठोर भूबनोटमा पनि गुड्न सक्ने क्षमता राख्छ।

नेपालमा जिप कम्पास ट्रायलहकको मूल्य १ करोड २४ हजार ९ सय रुपियाँ कायम गरिएको कम्पनीले जनाएको छ। ‘ट्रायल–रेटेड’ उपमा पाउन जिपले ‘ट्रयाक्सन’, ‘वाटर फोर्डिङ’, ‘म्यानुराबिलिटी’, ‘आर्टिकुलेसन’ र ‘ग्राउन्ड क्लेरेन्स’ गरी पाँच वटा विभिन्न क्षमता परीक्षण उत्तिर्ण गर्नुपर्छ। जिपले ‘र्याग्लर’ र ‘चेरोकी’ जस्ता केही निश्चित मोडेललाई मात्र ‘ट्रायल–रेटेड’ ब्याज दिने गरेको छ।

अल ह्विल ड्राइभ (एडब्लुएच) प्रविधि रहेको ट्रायलहकमा जिप एक्टिभ ड्राइभ ४ बाई ४ लो, इन्जिन स्टप÷स्टार्ट, एड्भान्स्ड क्रुज कन्ट्रोल, बिल्ट–इन नेभिगेसन, हिल डिसेन्ट कन्ट्रोल, र पहिलोपटक ‘रक मोड’ टेरेनको सुविधासमेत रहेको छ।

यसअघिका कम्पास भेरियन्टमा ‘स्नो’, ‘स्यान्ड’, ‘मड’ र ‘अटो’ मोड थिए। ट्रायलहकको हुडमा एन्टी–ग्लेर डिकेल रहेको छ जसले गर्दा सूर्यको प्रकाशले चालकको भिजिबिलिटीमा कुनै समस्या नहुने कम्पनीको भनाइ छ।

अगाडिको बम्परको एपोच एंगल २६.५ डिग्री रहेको छ भने पछाडिको डिपार्चर एंगल ३१.६ डिग्री रहेको छ। ट्रायलहकमा १७ इन्चको एलोइ ह्विल लगाइएको छ भने ग्राउन्ड क्लेरेन्स २०५ एमएम रहेको छ। फ्रन्ट बम्परको मुनि राखिएको ठूलो एयर ड्यामले गहिरो पानी भएको सतहमा गाडी चलाउँदा पनि एयर इन्टेक गर्न मद्दत गर्छ।

जिप कम्पास ट्रायलहक ८४ सेन्टिमिटरसम्म गहिरो पानीमा पनि विना समस्या चलाउन सकिन्छ। त्यसैगरी इन्स्ट्रयुमेन्ट क्लस्टरमा ७ इन्चको स्क्रिन प्रयोग गरिएको छ जसले नेभिगेसन डिरेक्सन, इन्जिनको तापमान, इन्जिन ओइल र ट्रान्समिसन ओइल, ट्यांकमा युरियाको मात्रा, माइलेज, रेडियो फ्रेक्वेन्सी, गियर सेलेक्ट लगायतको सूचना दिन्छ।

ट्रायलहकमा पनि अन्य जिप कम्पासमा झैं ५० भन्दा बढी सुरक्षा फिचर छन्। यसमा पछाडिको सिटका यात्रुलाई टाउको चोटबाट बचाउने साइड फुल कर्टेन एअरब्यागसहित ६ वटा एअरब्यागको व्यवस्था गरिएको छ।

एमएडब्लु लाइफले नाडामै कम्पास स्पोर्ट प्लस पनि लन्च गरेको छ। जिप कम्पास स्पोर्ट प्लस बेस अप्सन स्पोर्टभन्दन माथिको भेरियन्ट हो यसको मूल्य ७३ लाख ९० हजार रुपियाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्