राष्ट्रिय वाणिज्य बैंकको एक साथ १४ वटा नयाँ शाखा



नेपाल समाचारपत्र, काठमाडांै।राष्ट्रिय वाणिज्य बैंकले पाँच वटा प्रदेशको १२ जिल्लामा एक साथ १४ वटा शाखाको संयुक्त डिजिटल प्रविधिबाट शुभारम्भ गरेको छ।बुधबार एक कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले यसको शुभारम्भ गर्नुभयो। यससँगै बैंकको शाखा कार्य संख्या २३६ पुगेको छ।

उद्घाटन भएका नयाँ शाखामा झापाको बाह्रदशी गाउंँपालिकास्थित चकचकी, मोरङको धनपालथान गाउंँपालिकास्थित कर्सिया, काठमाडौंको कोटेश्वर र टोखा, तनहुँको शुक्लगण्डकी नगरपालिकास्थित खैरेनीटार, गुल्मीको कालीगण्डकी गाउंँपालिकास्थित पूर्तिघाट, नवलपुरको देवचुली नगरपालिकास्थित टांँगीकोट, कपिलबस्तुको शिवराज नगरपालिकास्थित चन्द्रौटा, दाङको घोराही उपमहानगरपालिकास्थित घोराही, पर्साको पोखरीया पोखरीया बजार, मकवानपुरको भीमफेदी गाउंँपालिकास्थित भीमफेदी, महोत्तरीको बलवा बलवाबजार र पिपरा, रौतहटको चन्द्रपुर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्