३ पैसामा टेलिकमको इन्टरनेट सेवा



नेपाल समाचारपत्र, काठमाडांै। नेपाल टेलिकमले प्रतिदिन एक जिबी डाटा प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ।
कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ।

यसका लागि कम्पनीले २४ घण्टा अर्थात एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना निरन्तर कार्यान्वयनमा छ। यो सुविधा लिनका लागि वान डी वान जी लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ। सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिनेछ।

यसका लागि जम्मा ४५ रुपियाँ करसहित शुल्क लाग्दछ। यस छुट योजनामा प्रति एमबी करसहित ४ दशमलव ५ पैसा लाग्दछ। यसैगरी कम्पनीले ग्राहकहरूको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २ सय ५० रुपियाँमा ७ जीबी डाटा योजना पनि उपलब्ध गराईरहेको छ।

यो सेवा हासिल गर्न सभेन डी सेभेज जी लेखेर १४१५ मा सन्देश पठाउनु पर्छ। यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ। यस प्याकेजमा प्रतिएमबी करसहित ३ दशमलव ५ पैसा मात्र लाग्दछ।

नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिन्छ। यस प्याकेजमा जम्मा ८ सय ५० रुपियाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ। यो सुविधा प्रयोग गर्नका निम्ति ट्वान्टी ऐट डी ट्वान्टी ऐट जी लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ।

यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ। यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रतिएमबी करसहित जम्मा ३ पैसा मात्र पर्दछ।

 

प्रतिक्रिया दिनुहोस्