ड्याटसन गाडीमा आकर्षक उपहार



नेपाल समाचारपत्र, काठमाडांै।नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडपर्व तथा नाडा अटो शोको अवसरमा ‘फेस्टिभ हट डिल’ योजना प्रस्तुत गरेको छ।

नाडा अटो सो तथा दशैं, तिहार जस्ता चाडलाई लक्षित गरी कम्पनीले हालै न्यू गो गाडी बजारमा प्रस्तुत समेत गरेको छ। यो ड्याट्सन गो को नयाँ संस्करण हो। फेस्टिभ हट डिलअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै विशेषताले भरिपूर्ण हट सुविधाहरू प्राप्त गर्न सक्ने छन्।

नाडा अटो शोमा ड्याटसनको कुनै पनि गाडी बुकिङ गरेमा उक्त गाडी डेलिभरी गर्दाको बखत ३१ हजार ९९९ रुपियाँबराबरको एमआई ८ लाइट मोबाइल निःशुल्क दिइने छ।

यसैगरी लक्की ड्रमा १० जना जोडीले थाइल्याण्डको भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउनेछन्। यसका अतिरिक्त ड्याटसन गाडीको खरिदमा ९९ हजारबराबरको निःशुल्क एक्सोसरिज पाउनुको साथै १ वर्षको बीमा, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, १ वर्षसम्मको सडक कर र १ लाख २५ हजारसम्मको नगद छुट, फेस्टिभ डिस्काउन्टअन्तर्गत ५० हजार छुट प्राप्त गर्न सकिनेछ।

साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्नुहुने छ। कम्पनीले हरेक गाडीमा सहज फाइनान्सको सुविधा रहेको छ। ड्याट्सन न्यू गोमा ३ लाख ४० तथा ट्याट्सन रेडी गोमा ३ लाख २२ रुपियाँसम्मको लाभ प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्