राजस्व चुहावट गर्नेलाई कारागार



????????????????????????????????????

नेपाल समाचारपत्र, काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्तिलाई जेल सजाय गर्नुपर्ने बताउनुभएको छ।प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा धारणा राख्दै उहाँले कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित गरेर नपुग्ने भन्दै जेल सजाय गर्नुपर्ने बताउनुभएको हो।

बैठकमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमा भएको दण्ड सजायको व्यवस्थाले उद्योगी व्यवसायी आतंकित भएको भन्दै जरिवाना र जेललाई जोड दिनुभन्दा राजस्व असुलीलाई प्राथमिकता दिने गरी विधेयकमा व्यवस्था गरिनुपर्ने बताउनुभयो।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कसुरअनुसार व्यक्तिलाई जेल र आर्थिक रुपमा दण्डित गर्न सकिने गरी कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजस्व चुहावट र अपचलन उद्योगी मात्रैले गर्न नसक्ने भन्दै यस्तो कसुरमा कर्मचारी र राजनैतिक नेतृत्व समेत संलग्न हुने भएकाले तीनै पक्ष दण्डित हुने गरी कानुन बनाउनुपर्ने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्