टाटा एच फाइभ नेपाली बजारमा



नेपाल समाचारपत्र, काठमाडौं।  नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरिएको छ।

 

सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ सार्वजनिक गरेको हो। भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुआती मुल्य ५६ लाख ५५ हजार रुपियाँतोकिएको छ।

नेपाली बजारमा टाटा एच फाइभको बुकिङ केही दिनअघि खुला गरिएको थियो। टाटा एच फाइभको डेलिभरी सेप्टेम्बरबाट शुरू हुने र पहिला बुक गर्नेलाई प्राथमिकता दिइने सिप्रदीले जनाएको छ।

सो अवसरमा बोल्दै टाटा मोटर्सका प्यासेन्जर भेइकल्स इन्टरनेसनल बिजनेसका प्रमुख सुजन रोयले टाटा एच फाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने बताउनुभयो। नेपाली एसयूभी पारखीहरूले आकर्षक बनावट तथा खराब बाटोमा पनि उच्च प्रदर्शन तथा राम्रो कन्ट्रोल गर्न सक्ने टाटा एच फाइभलाई मनपराउने बताउनुभयो।

क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ। एच फाइभमा रहेको इन्जिनले १३८ बीएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ। टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो।

आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्सन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन्।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठले टाटा एच फाइभ सर्वाेत्कृष्ट उत्पादन भएको र नेपाली बजारमा लोकप्रिय हुनेमा विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्