नाडा अटो शोमा टाटाका गाडी किन्नेलाई अफरै अफर 



नेपाल समाचारपत्र, काठमाडौं । नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शो २०१९ मा टाटा मोटर्सका गाडीहरू खरिद गर्ने ग्राहकका लागि विशेष अफर ल्याएको छ।

सिप्रदीका अनुसार नाडा अटो शोमा टाटा एच फाइभ, टाटा एनआरजी, टाटा टिगोर, टाटा टियागो र टाटा नेक्सन बिक्रीमा राखिँदै छन्। नाडा अटो शोमार्फत् टाटा एच फाइभ पहिलोपटक नेपाली बजारमा सार्वजनिक हुँदैछ।

सिप्रदीले ल्याएको योजनाअनुरूप नाडा अटो शोमा राखिएका टाटाका जुनसुकै गाडी किन्ने ग्राहकले प्रत्येक गाडीको खरिदमा विदेश भ्रमण, नगद छुट र स्योर सट पुरस्कार जित्नेछन् तथा लक्की ड्रमा समेत सहभागी हुन पाउनेछन्।

 

नाडा अटो शोमा टाटाका जुनसुकै गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले विदेश भ्रमणमा एक जोडीका लागि दुबई भ्रमणका साथमा बुर्ज अल अरबमा डिनर तथा वाटर प्लेन फ्लाइटको मजा लिन पाउनेछन् अथवा एक वर्ष बराबरको सडक कर छुटका साथमा आकर्षक नगद छुट प्राप्त गर्नेछन्।

 

त्यस्तै स्योर सट पुरस्कारअन्तर्गत टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले बुकिङ गरेपछि तथा नाडा अटो शोमा गाडी डेलिभरी गर्ने बेलामा आइफोन एक्सआर फोन प्राप्त गर्न सक्नेछन्।

त्यस्तै नाडा अटो शोमा टाटका गाडीहरू बुकिङ गर्ने ग्राहकमध्ये लक्की ड्र मार्फत् एकजनाले ५५ इन्चको स्काइवर्थ स्मार्ट टेलिभिजन जित्नेछन्।

प्रतिक्रिया दिनुहोस्