एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर स्वस्तिमा र प्रदीप 



नेपाल समाचारपत्र, काठमाडौं ।टीभीएस मोटरले नायिका स्वस्तिमा खड्का र नायक प्रदीप खड्कालाई नेपालमा टीभीएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ। टीभीएस मोटर र नेपालका लागि टीभीएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्स प्रालिद्वारा ब्रान्ड एम्बेस्डरको घोषणा गरिएको हो।
जेन जेडलाई लक्षित टीभीएस एनटर्क १२५ मा विशेष प्रविधि प्लयाटफर्म। यो नेपालमै पहिलो कनेक्टेड स्कुटर हो। यो टीभीएस रेसिङ पेडिग्रीमा आधारित भएर विकसित गरिएको छ र यसमा स्टेट–अफ–आर्ट भल्भ इन्जिन रहेको छ।

यस सहकार्यको बारेमा आर दीलिप, एक्जुकेटिभ भाइस प्रेसिडेन्ट–इन्टरनेशनल बिजनेस अफ टीभीएस मोटर कम्पनीले भन्नुभयो–‘हामीले अघिल्लो वर्ष नेपालको पहिलो स्पार्टी स्मार्ट स्कुटर टीभीएस एनटर्क १२५ सार्वजनिक गरेका थियौं र यो ब्राण्ड चाँडै नेपालमा सबैभन्दा तीव्र गतीमा वृद्धि हुने स्कुटर ब्रान्ड बनेको छ।’

जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक साहिल अग्रवालले भन्नुभयो–‘ टीभीएस एनटर्क १२५ मा मनोरञ्जन जगतका स्वस्तिमा खड्का र प्रदीप खड्कासँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं।’ टीभीएस एनटर्क १२५ मा नयाँ जेनेरेशनको सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर कुल इन्जिन रहेको छ

प्रतिक्रिया दिनुहोस्