बाइकको एक्सेचन्ज 



नेपाल समाचारपत्र, काठमाडौं । साइन अटो होम बालाजु र स्टार अटो इन्टरप्राइजेज लैनचौरको संयुक्त आयोजनामा बालाजु भाटभटेनी अगाडि एक्चेन्ज मेलाको आयोजना गरेको छ। आइतबारदेखि शुरु भएको एक्सचेन्ज मेला भदौ १४ गतेसम्म सञ्चालन हुने साइन अटो होमका सञ्चालक विश्व श्रेष्ठले जानकारी दिनुभयो।

पुरानो बाइक ल्याएर नयां बाइक लैजान पाइने र नयांँ खरिदकर्तालाई न्युनतम ७ हजारदेखि १ लाखसम्मको स्क्राच कुपनको ब्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो।

पुराना र थोत्रा बाइकको न्यूनतम मूल्य ३० हजारदेखि माथि हुने पनि उहांँले जानकारी दिनुभयो। पुराना बाइकको बजार मूल्यभन्दा १५ हजार बढी दिने योजना पनि ल्याएको उहांँले बताउनुभयो।

यो योजनाअन्र्तगत बाइक कभर, हेलमेट, ल्यपटप ब्याग, लेगार्डलगायतका केही सामान निःशुल्क रुपमा उपलब्ध गराइने जानकारी उहांले दिनुभयो।

स्टार अटो इन्टरप्राईजेजका सञ्चालक धनबहादुर बस्नेतले मेला कम आए भएका ब्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्