नेपाल बंगलादेश बैंकको ६ शाखा विस्तार



नेपाल समाचारपत्र, काठमाडौं। नेपाल बंगलादेश बैंकले शाखा बिस्तारको क्रममा थप ६ शाखा संचालनमा ल्याएको छ।
यस बैंकले ललितपुर जिल्लाको सानेपा, काठमाडौं जिल्लाको टोखा र तिलगंगा, भक्तपुर जिल्लाको च्यामासिङ, दाङ जिल्लाको तुल्सीपुर र सिन्धुपाल्चोक जिल्लाको तातोपानी शाखा तथा तातोपानी भन्सार राजस्व संकलन काउन्टर सञ्चालन भएको छ।

बैंकले कुल ९४ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७८ वटा एटीएमबाट बैंकिङ सुविधा दिंदै आएको छ।

प्रतिक्रिया दिनुहोस्