होस्टल एसोसिएसनमा नयाँ नेतृत्व



नेपाल समाचारपत्र, काठमाडौं । नेपाल होस्टल एसोसिएसनको नयाँ नेतृत्वमा भक्ति पाठक समूह निर्वाचित भएको छ। काठमाडौंमा सम्पन्न सातौं वार्षिक साधारणसभाले पाठक समूहलाई निर्वाचित गरेको हो।
पाठक समूहको प्रतिद्वन्रूीका रुपमा गोविन्द गिरि चुनावी मैदानमा थिए। गिरि जम्मा ३ मतको अन्तरले पराजित भएका हुन्। निर्वाचन समितिका संयोजक सुवास कोइरालाका अनुसार कुल ६९२ जना मतदातामध्ये ५४१ जनाले मतदान गरेका थिए।

जसमा भक्ति पाठकले २६३ मत प्राप्त गरे भने गोविन्द गिरीले २६० मत प्राप्त गरेका थिए।त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अरूण पराजुली विजयी भएका छन्।

महिला उपाध्यक्षमा उर्मिला भट्टराई (बराल), महासचिवमा रुपाली गुरागाईं (पौडेल), सचिवमा डण्डीप्रसाद गौतम, कोषाध्यक्षमा पूजा जोशी र केन्द्रीय सदस्यहरूमा कल्पना आचार्य, राजकुमार केसी, घनश्याम रिसाल, गणेश आचार्य, राधिका घिमिरे र हरि प्रसाद भेटवाल निर्वाचित भएका छन्।

सातौं अधिवेशनले जिल्लाका अध्यक्षहरू पदेन केन्द्रीय सदस्य रहने गरी विधान संशोधनसमेत गरेको छ। २०६९ सालमा स्थापना भएको एसोसिएसनको यो पाँचौं नेतृत्व हो। निवर्तमान अध्यक्षसहित १३ सदस्यीय कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।

प्रतिक्रिया दिनुहोस्