समाचार टिप्पणीः भ्रमण वर्षमा पर्यटकलाई मास्कले स्वागत गर्नु नपरोस् !



दीपक रिजाल, काठमाडौं । नेपाल भ्रमण वर्ष सुरु हुन चार महिना बाँकी रहेका बेला पर्यटन व्यवसायीहरुले पाहुनालाई दुर्गन्ध र धुलो–धुवाँबाट बच्न मास्कले स्वागत गर्नुपर्ने अवस्था नआओस् भनेर सरकारलाई सचेत गराएका छन् ।

सरकारले नेपाल भ्रमण ववर्ष २०२० भव्य बनाउने भन्दै प्रचारलाई तीव्र पारेको छ । राजधानीलगायत देशका प्रमुख पर्यटकीय गन्तव्यमा चाहिने पूर्वाधार भने अहिले सम्म बन्न सकेका छैनन् ।

विनापूर्वाधार सरकारले पर्यटन वर्षलाई भव्य र सभ्य बनाउन आम नागरिकलाई समेत आग्रह गरेको छ । अहिले सरकारले अघि सारेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन नागरिक स्तरबाट समेत पहल भइरहेको छ । विश्वभर अहिले नेपाल भ्रमण ववर्षमा पर्यटकको संख्या बढाउन विभिन्न देशमा स्थायी वा अस्थायी रुपमा बस्दै आएका नेपालीले समेत पहल गर्दै आएका छन् ।

विडम्वना, पर्यटक नेपाल आएर पहिलो पाइला टेक्ने एक मात्र विमानस्थल होस् वा राजधानीका हरेक सडक वा गल्लीको अवस्था हेर्ने हो भने दयनीय देखिन्छ ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा नै रोजगारी सिर्जना गर्न पर्यटन वर्षलाई रोजगारी दिने वर्षको रुपमा समेत चित्रण गर्नुभएको छ । उहाँंले भ्रमण वर्षलाई लक्षित गरी हजारांै पर्यटन व्यव्यवसायीलाई टुँडिखेलमा जम्मा गराएर भ्रमण वर्ष सफल बनाउन प्रतिज्ञा गराउने प्रणसमेत गर्नुभएको छ ।

उहांँले भनेजस्तै पर्यटक भित्र्याउने हो भने मुलुकमा अहिलेको पूर्वाधारले पर्यटक आउँछन् त एक पटक सोच्नुपर्ने बेला आइसको पर्यटन व्यवासायी सुरज अधिकारी बताउनुहुन्छ । सरकारले अघिसारको नारामा हाम्रो बिमती होइन तर सरकारले पर्यटक भित्र्याउने वातावरण बनाउन सकेको छ कि छैन यसतर्फ ध्यान दिनुपर्ने अधिकारी बताउनुहुन्छ ।

राजधानीका सडकमा खुल्ला मुख हिड्नसक्ने अवस्था छैन, राजधानी प्रवेश गर्ने एक मात्र प्रमुख राजमार्ग त्रिभुवन राजपथको नौबिसे–थानकोटको अवस्थाको बारेमा सरकारले अहिले सम्म ध्यान दिन सकेको छैन । टुँडिखेलमा पर्यटन व्यव्यवसायीलाई जम्मा बनाएर शपथ खुवाउने होइन, पूर्वाधारको विकास गराउनेतर्फ सरकार अग्रसर हुनुपर्ने आम पर्यटन व्व्यवसायीको धारणा छ ।

यता पर्यटनमन्त्री भट्टराई भने प्रचार–प्रसार भएपछि पूर्वाधार बन्दै जाने दाबी गर्नुहुन्छ । मन्त्री भट्टराईले भनेजस्तै पूर्वाधारविना नै पर्यटन वर्ष सफल होला त अहिले आम जनताले यही प्रश्न गरिरहेका छन् । पूर्व पत्रकार तथा नेपाल मजदुर किसान पार्टीका नेता ज्ञानराम श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जनताले साथ दिन्छन् तर साँच्चै भ्रमण वर्ष सफल बनाउने हो भने नेपाल पर्यटन बोर्ड, सरकारी निकाय, स्थानीय निकायका कर्मचारीको सोचमा परिवर्तन आउनुपर्छ भन्नु हुन्छ ।

सरकारले अहिले हरेक सरकारी निकायका लेटरप्याडदेखि उसले प्रवाह गर्ने हरेक गतिविधिमा नेपाल भ्रमण वर्ष २०२० को लोगो समावेश गरेको देखिन्छ । पर्यटन मन्त्री भट्टराईले आम नेपालीलाई उक्त लोगोको प्रचार गर्न नागरिक स्तरमा आग्रहसमेत गर्नुभएको छ ।
तर मन्त्री भट्टराईले पूर्वाधार विकासमा सम्बन्धित निकायलाई जसरी परिचालन गर्नुपर्ने हो त्यो गरेको देखिंदैन । २० लााख पर्यटक नेपाल आए भने उनीहरुलाई उचित प्रवन्ध गर्न सकिन्छ कि सकिंदैन यसतर्फ मन्त्रालयको ध्यान जानु पर्दैन, अर्का पर्यटन व्यवसायी चन्द्रमणि घिमिरे प्रश्न गर्नुहुन्छ ।

प्रचार गरेर मात्र हुँदैन, काम गरेर देखाउनुप¥यो, राजधानी भित्रिएपछि पर्यटक मुखमा मास्क लगाएर हिड्ने अवस्थाको अन्त्य गर्नेतर्फ मन्त्रीको ध्यान जान सकेको छैन । विद्युतीय सामाजिक सञ्जन्जालमा अनुरोध गरेर मात्र भएन, काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय निकायलाई सक्रिय बनाएर बाँकी चार महिनामा कायापलट गराउन सके मात्रै मन्त्री भट्टराईको अहिलेको आह्वानले काम गर्ला, नत्र भने उहांँ पनि एक असफल मन्त्रीको सूचीमा सूचीकृत हुनुहुने पर्यटन व्यवसायी घिमिरे दाबी गर्नुहुन्छ ।

भट्टराई अहिले अपठेरो अवस्थामा मन्त्री बन्नुभएको छ । नेपालका कर्मचारीको काम गर्ने शैली, हाम्रा भौतिक पूर्वाधार र स्थानीय निकायमा देखिएको अलमल र ढिलासुस्तीका कारण भ्रमण वर्षमाथि प्रश्नचिन्ह उठाउने थुप्रै ठाउँ रहेको अर्का पर्यटन व्यवसायी पासाङ नोर्बु शेर्पा बताउनुहुन्छ । धुलो र हिलोमुक्त काठमाडौं अभियान सञ्चालन गर्नेतर्फ मन्त्री भट्टराईको पहल कदमी हुनुपर्ने व्यवसायी शेर्पाले सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्