प्रभु बैंक लि.को बिमा सुबिधा



काठमाडौं(नेस)
प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले श्रावण १ गतेदेखि बचत खाताहरुमा औषधो पचार र दुर्घटना बिमा सुविधा दिन खाता सञ्चालनमा ल्याएको छ । यो सुविधाको खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बिमा बापत रु ३ लाख र दुर्घटना बिमा बापत रु १० लाख सम्मको जोखिम बैंकले वहन गर्नेछ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुइ बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १ सय ५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गर्नसक्ने र अकल्पनिय दुर्घटना बाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बिमा दावी गरी लाभान्वित हुने बिश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्