सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले बारा र पर्साका हावाहुरपीडितलाई सहयोग गर्ने उद्देश्यले सिटिजन्स बारा पर्सा हुरीपिडित राहत कोष २०७५ को स्थापना गरेको छ ।

उक्त राहत कोषमा बैंकको तर्पबाट १० लाख र अन्य दाताबाट जम्मा भएको १० लाख ३७ हजार ९७ रुपिया“ सात पैसा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैयमाससम्ममा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरी १ अर्ब ४९ करोड १४ लाख सञ्चालन मुनाफा र १ अर्ब ६ करोड खुद नाफा आर्जन गरेकोे छ ।

नेपाली जनताको घरदैलोमो बैंकिङ सेवा पु¥याउ“दैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनलले ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्