बालकोट र कीर्तिपुरमा प्रभु बैंकको शाखा खुल्यो



काठमाडौं, (नेस)

प्रभु बैंकले भक्तपुर जिल्लाको सूर्यविनायक–२ स्थित बालकोटमा शाखा कार्यालय कारोबार सञ्चालनमा ल्याएको छ । भक्तपुरका सांसद महेश बस्नेतले सोमबार शाखा समुद्घाटन गर्नुभएको थियो ।

बैंकको बालकोट शाखा कार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सांसद महेश बस्नेतले प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउ“पालिका तथा नगरपालिकाहरुमा बैंकिङ पहु“चभन्दा बाहिर रहेका सर्वसाधारणलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन लागेकोमा प्रशंसा गर्नुभयो ।

त्यस्तै कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बैंकको कीर्तिपुर शाखा कार्यालयको उद्घाटन गर्नुभएको छ ।
उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र बालकोटबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक आप्mना ग्राहक महानुभावसँग आवश्यकताअनुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

सरकारको नीति अनुसार नेपाल राष्ट्र बैंकद्वारा जारी ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार हालसालै सञ्चालनमा ल्याएको विभिन्न शीर्षकका कर्जाहरु सहज ढंगले कर्जा उपलब्ध गराउ“दै आएकाले आवश्यकताअनुसार कर्जा उपभोग गरी आर्थिक अवस्था सुदृढ गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्