लक्ष्मी बैंकले २ अर्बको डिबेञ्चर जारी गर्दै



काठमाडौं,(नेस)
लक्ष्मी बैंकले जारी गर्ने १० प्रतिशत ब्याजदर दिने गरी लक्ष्मी बैंक डिबेञ्चर, २०८६ जारी गर्ने भएको छ ।

उक्त डिबेञ्चरको निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सोमबार दुवै कम्पनीबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो । सो ऋणपत्रको डिबेञ्चर ट्रष्टीका रुपमा समेत नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ ।

लक्ष्मी बैंकले १० वर्षका लागि १० प्रतिशत कुपन दर रहेको कुल २ अर्बको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकको हाल कायम रहेको ४० करोडको ऋणपत्र २०७६ माघमा परिपक्व हु“दैछ ।

लक्ष्मी बैंकले ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११८ एटीएम, २५सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५१ शाखारहित बैंकिङ एजेन्टबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्