एभरेष्ट बैंकद्वारा कुपण्डोलदेखि लगनखेलसम्मको सडकमा वृक्षरोपण



काठमाडौं, (नेस)
एभरेष्ट बैंकले पृथ्वी दिवसको अवसरमा ललितपुर महानगरपालिकाले हरित अभियानस“ग सहकार्य गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत एभरेष्ट बैंकको सहकार्य र प्रगतीशिल धारा सुधार समितिको सयोजनमा कुपण्डोलदेखि लगनखेलसम्मको सडकका दुवै किनारमा विभिन्न प्रजातीका विरुवा रोपिएका छन् ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा पुल्चोकमा वृक्षरोपण गरेर हरित अभियानको थालनी गरेका हुन् । सफा र स्वच्छ वातावरण विकास गर्दै हरियाली प्रवद्र्धन र वायु प्रदुषण न्यूनीकरण गर्न यस अभियानको थालनी गरिएको हो ।

वृक्षरोपण पश्चात बोल्दै एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले भन्नुभयो–‘काठमाडौं उपत्यकाको वातावरणीय गुणस्तर खस्कदै गइरहेको छ । वातावरण स्वच्छ र सफा राख्नु र त्यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो । पृथ्वी दिवसको अवसरमा एभरेष्ट बैंकले महानगरस“ग सहकार्य गरेरे सकारात्मक काम गर्न पाउ“दा निकै खुशी लागेको छ ।

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लाजिम्पाट, कुपण्डोल, पुल्चोक, लगनखेल लगायतका स्थानमा वृक्षरोपण कार्य गरिसकेको छ, पोखरामा प्रदुषण न्यूनीकरण गर्ने शव दाह गृह निर्माण एवं विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीमा पिउने पानीको व्यवस्था तथा अन्य स्थानमा सार्वजनिक शौचालय निर्माणमा पनि बैंकले सहयोग गर्दै आईरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्