ललित अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न



नेपाल समाचारपत्र, ललितपुर
ललितपुरमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेलाको लागि उचित ठाउ“को बन्दोबस्त मिलाउनुपर्नेमा ध्यानाकर्षण गराउ“दै ललित अन्तर्राष्ट्रिय व्यापार मेला आइतबार समापन गरिएको छ ।ललितपुर उद्योग वाणिज्य संघले पुल्चोक, नटोलस्थित मदन स्मारकको प्रांगणमा मेला आयोजना गरेर संघ, प्रदेश र स्थानीय तहलाई सो विषयमा ध्यानाकर्षण गराएको हो ।

यसअघि अधिकांश मेला, महोत्सव पाटन दरबारक्षेत्रस्थित भण्डारखाल बगैंचामा हुने गर्दथ्यो । मेला सञ्चालन भएको स्थानले पनि यसपटकको मेलामा नया“पन दिएको मेलाका अवलोकनकर्ताहरुको प्रतिक्रिया दिएका छन् । मेलामा प्राप्त भएको प्रतिक्रियालाई विश्लेषण गर्दै संघका अध्यक्ष कृष्णलाल महर्जनले भन्नुभयो–‘विद्यालय वरपर पर्याप्त खुल्ला ठाउ“ भएकाले यो ठाउ“ पनि मेलाको लागि उचित छ । तर, यसको सीमितता छ । विद्यालय बन्द हुने समयमा बाहेक अन्य समयमा मेला गर्न नमिल्ने अवस्था छ ।’ यस्तो अवस्थामा मेलाको लागि ठाउ“को खा“चो रहेको विषयमा यस मेलाले सबैलाई ध्यानाकर्षण गराएको संघका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो ।

यस किसिमका अधिकांश मेला राजधानीको भृकुटीमण्डप वरपर हुने गर्दथ्यो । ललितपुर राजधानीसं“गै जोडिएको जिल्ला भए पनि यस किसिमका मेला आयोजना गर्ने ठाउ“ अभावले आर्थिक विकासमा प्रभाव पार्ने बताउ“दै अध्यक्ष महर्जनले भन्नुभयो–‘ ललितपुरको आर्थिक विकास र सामथ्र्यलाई बढाउन मेलाको महŒव रहन्छ । मेलाको लागि एउटा ठाउ“ बनाउनै पर्दछ ।

‘साबिकको उपमहानगरपालिकाबाट महानगरपालिका बनेको ललितपुरमा मेला आयोजना गर्ने ठाउ“ अभाव हुनु, सभाहल नहुने अवस्था सधंैका लागि राखि राख्नुहुन्न । यसमा संघ, प्रदेश र ललितपुर महानगरपालिकाले गम्भीरतापूर्वक लिनुपर्दछ ।’ अध्यक्ष महर्जनले भन्नुभयो । चैत २७ गते भएको मेलाको उद्घाटन समारोहमा पनि मेलाका संयोजक समेत रहनुभएका अध्यक्ष महर्जनले मेलाको लागि ठाउँ बनाउनुपर्ने विषयमा संघ, प्रदेशका सांसद् महानगरपालिकाका जनप्रतिनिधि समक्ष सो ध्यानाकर्षण गराएको थियो ।

सोही समारोहमा ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले मेलाको ठाउ“को प्रबन्धका लागि आफ्नोतर्फबाट यथासक्य पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सो विषय जायज रहेको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताउनुभयो । ‘मेलाको उद्घाटन समारोहदेखि, मेला अवधिभर भएको यसै विषयमा धेरैलाई ध्यानआकृष्ट गराएको छ । यसलाई मेलाको उपलब्धिका रुपमा लिनुपर्दछ ।

मेलाले दिएको यही सन्देशलाई मूर्त रुप दिन नजिकको सरकारको नाताले महानगरपालिकाले पहिलो र बढी दायित्व रहन्छ ।’ मेलाकोे संयोजक समेत रहनुभएका संघका अध्यक्ष महर्जनले भन्नुभयो ।

मेलामा चीनमा उत्पादित दैनिक उपभोग्य, खेलकुदको सामग्री, भारत, पाकिस्तानका लत्ता कपडा, नेपाली हस्तकलाको सामानको उल्लेख्य बिक्री वितरण भएको बताइएको छ । तन्ना, लुगा, ब्लाकेटलगायतको कारोबार उत्साहजनक रहेको व्यवसायी बाबुराजा ज्यापूले बताउनुभयो । मेलामा अहिलेसम्म उल्लेख्य कारोबार भएको संघका संघका कार्यकारिणी सदस्य एवं प्रचारप्रसार संयोजक मिलन शाक्यले जानकारी दिनुभयो ।

मेलामा राखिएका १२ फिटका बुद्धमूर्ति, दुई मिटरको पद्मसम्भव, करिब ५ फिट सहस्रभुज लोकेश्वर सबैको आकर्षक विषय बन्यो ।ललितपुरमै उत्पादित ती धातुका ती मूर्तिहरुलाई हरेर धेरै त्यसमा कुँदिएको कलात्मक बुट्टाको प्रंसशा गरेका थिए । त्यसैगरी मेलामा नेपाल आर्ट भिलेजको स्टलमा कलाकार राजकुमार महर्जनले मानव मूर्ति बनाएको जीवन्त प्रदर्शनी पनि धेरैका लागि रोचकका विषय बन्यो।

मेलामा मेलामा करिब सय वटा स्टलहरु रहेका थिए । भारत, पाकिस्तान, बंगलादेश, चीनलगायत विभिन्न देशको उत्पादित लत्ताकपडा, दैनिक उपयोगी र सज्जावटका गरी ३० वटा स्टल थिए । त्यस्तै नेपाली हस्तकलाका सामग्री, धातुकला लत्ताकपडा, पस्मिना, लगायत ७० वटा स्टल रहेका छन् । विभिन्न महिला समूहले उत्पादन गरेका सामग्रीको बिक्री वितरण राम्रो रहेको बताइएको छ ।

संघको ५२औं स्थापना दिवस र हरेक वर्ष निरन्तर मेला आयोजना गर्ने नीति अनुरुप सो मेला आयोजना गरिएको संघका कार्यकारिणी सदस्य एवं प्रचारप्रसार संयोजक शाक्यले जानकारी दिनुभयो । ‘मेलाको लागि चयन गरिएको स्थान, सज्जावटका हिसाबले प्रायः काठमाडौंको भृकुटीमण्डपमा हुने यस खालका मेला ललितपुरमा पनि हुने र गर्न सक्ने सम्भावना छ भन्ने सन्देश दिएको छ ।’ प्रचारप्रसार संयोजक शाक्यले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्