ग्लोबल आइएमई बैंकको बर्दिवासमा शाखा



काठमाडौ(नेस)
ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार प्रदेश नं. २को महोत्तरीस्थित बर्दिवास नगरपालिका वडा नं. १ बर्दिवास चोकमा नयाँशाखा कार्यालय संचालनमा ल्याएको छ ।यस बर्दिवास शाखा कार्यालय थप भए संगै बैंकको शाखा कार्यालयहरुको संख्या १ सय ३६पुगेको छ ।

महोत्तरी र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने बताइएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्