प्रभु बैंकको शाखा रहित बैंकिङ्ग सेवा



काठमाडौं(नेस)
प्रभु बैंक लिमिटेडले सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले मुस्ताङ्ग र म्याग्दीका विभिन्न स्थानमा पाँच वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं.२ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं.४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुकुचे तथा वडा नं. ३ स्थित लेते र म्याग्दीजिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नंं. ३ स्थित दाना गरी ५ स्थानबाट शाखारहितबैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी सबै शाखा रहितबैंकिङ्ग सेवाशभारम्भ गर्दा स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्घिजीवी तथा स्थानीयबासिन्दाहरुको उपस्थिति रहेको थियो ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको थप ५ वटा शाखा रहित बैंकिङ्ग सेवाबाट मुस्ताङ्ग र म्याग्दीजिल्लास्थित सम्बन्धितक्षेत्रकास्थानीयवासिन्दाहरुलाई खाताखोल्नेतथाआफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्ने लगायतको बैंकिङ्ग सेवाउपलब्धहुनेछ। बैंकले सञ्चालनमा ल्याएको बिस्तारित बैंकिङ्ग सेवाबाट सम्बन्धित क्षेत्रका सर्वसाधारण बैंकिङ्ग पहुँचभित्र आई आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्