इन्भेष्टमेण्ट बैंकको ७९ औ) शाखा पेप्सकोलामा



काठमाडौं(नेस)
नेपाल इन्भेष्टमेण्ट बैंकले पेप्सिकोला टाउन प्लानिङमा ७९ औँ शाखा विस्तार गरेको छ।

शाखामा एटिएमको पनि ब्यवस्था गरिएको छ।बैंकका संचालक प्रजन्य राजभण्डारी, सूर्यप्रकाश लाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वरप्रसाद शाह तथा बैंकका प्रमुख कार्याकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएको हो।

सम्पूर्ण वित्तीय कारोबार हुने यस शाखामा स्थानीय माग अनुसार सानो, ठूलो सबै प्रकारका लकरको व्यवस्था गरिएको बैंकको भनाइ छ।

बैंकले उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५५ वटा शाखा संचालनमा ल्याएको छ ।बैंकका देसभरि १२ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवा छन्।

प्रतिक्रिया दिनुहोस्