ग्लोबल आइएमईको शाखारहित बैंकिङ्ग

0
Shares

काठमाडौं(नेस)
ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा थप पाँच वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले रोल्पा जिल्लाको परिवर्त गाँउपालिका – ३, इरिवाङ्ग,थवाङ्ग गाउँपालिका – २, ठुलो गाँउ, ईलाम जिल्लाको सुर्योेदय नगरपालिका – १४, कट्टुसेमा, सप्तरी जिल्लाको डाक्नेश्वरीनगरपालिका – ९, पत्थरगाडामा र पाँचथर जिल्लाको हिलिगाँउ गाउँपालिका – २, सिङ्गापुरमा औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

यी पाँचै वटा शाखा रहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन गरिएको हो ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन ।

यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवालिन सक्नेछन् ।