स्वास्थ्य सुरक्षार प्राकृतिक जीवन



 

मानिसको जीवनको पहिलो सर्त हो स्वास्थ्य। जब मानिस स्वस्थ रहन्छ तबमात्र समाज, परिवार र राष्ट्रलाई सेवा पु¥याउन सक्छ, आयआर्जनको भूमिका निर्वाह गर्न सक्छ। स्वास्थ्य जीवन स्वास्थ्य आहार विश्वका सबै मानिसले एक स्वरमा वकालत गर्ने विषय हो। यो सृष्टि प्रकृतिको उपज हो।

जन्मेदेखि मृत्युसम्म प्रकृतिले उसको स्वभावअनुसारको दिनचर्या तयार गरिदिएको छ। ठाउ“ र मौसमअनुसार फरक फरक प्रकारका उत्पादन हु“दै आएका छन्। निःशुल्करूपमा घामपानी र हावाको प्रयोग गर्न पाउने अधिकार दिएको छ। जातजाति र धर्म संस्कारअनुसार भोजनशैली तथा जीवनशैली तयार गरिदिएको छ। कर्मअनुसारको फल दिएको छ, श्रमअनुसारको मूल्यमान्यता दिएको छ। त्यति हु“दाहु“दै पनि मानिस कुनै न कुनै रोगबाट आक्रान्त छ। सबै चिजको लेखाजोखा अनुमान गर्न सकिन्छ तर कुन रोग कतिखेर आउने र त्यसले के बिगार गर्ने हो त्यसको लेखाजोखा गर्न भने मुस्किलको विषय बनेको छ।

गंगाप्रसाद ढकालवरिष्ठ योग प्रशिक्षक/ आयुर्वेदिक चिकित्सक

प्रकृति र संस्कृतिलाई पछ्याउन नसकेर आहार व्यवहारलाई व्यवस्थापन गर्न नसकेर शरीर ईश्वर, प्रभु, अल्लाह वा उपरवालाको बरदान हो भन्दै कर्मको भन्दा भाग्यको परिभाषा गर्दै मन्दिर, चर्च, मस्जिद धाउने कुरा कसैले सिकाउनुपर्दैन। शरीरको पूजा गर्नुको परिभाषा मिठो खानु र राम्रो लगाउनु मात्र नभई प्रकृतिले अह्राएअनुसार संस्कृतिले सिकाएअनुसार योग प्राणायम ध्यान व्यायाम, आहार विहारको माध्यमबाट रोग लागेर उपचार गर्नुभन्दा लाग्न नदिने उपायको पालना गर्नुचाहि“ उपयुक्त विधि हो।

हाम्रो संस्कृतिभित्र उपचार पद्धति जोडिएको हुन्छ भन्नेजस्ता विषयमा प्रवचनसमेत दिनुहुने र अमेरिकाका ३० भन्दा बढी राज्यमा योग, प्राणायाम, ध्यान, आयुर्वेद शिविर सञ्चालन गर्नुभएका ढकाल अमेरिकी नेपाली नागरिकसामु योगगुरुबाट
चिरपरिचित हुनुहुन्छ।

विज्ञानले प्रयोगमा ल्याएको अधिकतम सुविधा उपभोग गर्दागर्दै पनि सुविधा सम्पन्न अस्पतालको सेवा लि“दालि“दै पनि पूर्णता प्राप्त गर्न नसकी समाधानको बाटो खोज्दै जा“दा आजको दुनिया“ पुनः अलि फरक मोडमा उभिन शुरू गरेको छ, फेरि प्रकृतितिरै फर्किंदै गरेको अवस्था छ। दिनानुदिन साकाहारीको संख्या बढ्दै गएको छ। भान्साघरलाई चिकित्सालय, करेसाबारीलाई औषधिको भण्डार, पूजा पाठ यज्ञ होमादी उपवास, मन्त्रहरूको उच्चारण मानिसको स्वास्थ्यस“ग जोडिएको विषय मान्न थालिएको छ। साकाहारी जीवनशैली अर्गानिक वस्तुहरूको प्रयोग, परम्परागत जीवनशैली, भोजनशैलीतिर आकर्षण बढ्दै गएको अवस्था छ। यिनै कुरालाई मध्यनजर राख्दै नया“ पुस्ता पनि योग, प्राणायाम, ध्यान, आयुर्वेद, वनौषधिको उपयोग, प्राकृतिक उपचारको अध्ययन, अनुसन्धान र प्रयोगमा लागेका छन्।

वैकल्पिक उपचारका क्षेत्रहरू खोज्दै फिजियोथेरापी, स्पाथेरापी, हिलिङ थेरापी, एक्युपन्चर थेरापी, एक्युप्रेसर थेरापी, योग, प्राणायाम, मेडिटेसनका साधना हल खोल्ने र व्यायामशाला निर्माण गर्नेजस्ता वैकल्पिक उपचारका बाटाहरू अवलम्बन गर्न थालेका छन्। यसै क्रममा पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएर झापाको दमक र सुनसरीको इटहरीलाई आफ्नो सीप र क्षमताको कर्मथलो बनाई वैदिक आयुर्वेदिक एन्ड एक्युपे्रसर हेल्थकेयर सेन्टर नामको संस्थाखोली विगत १५ वर्षदेखि योग प्राणायाम, आयुर्वेद, एक्युप्रेसर आहार विहारको माध्यमबाट साध्य, असाध्य रोगीलाई सेवा प्रदान गर्दै आउनुभएका वरिष्ठ योग प्रशिक्षक तथा आयुर्वेदिक चिकित्सक गंगाप्रसाद ढकाल एक परिचित नाम हो।

२००४ मा भारतको पतञ्जली योगपीठ ट्रस्ट हरिद्वारमा बाबा रामदेवस“ग जोडिएर योग यात्रा शुरू गर्नुभएका ढकाल नेपालको पूर्वाञ्चल (हालको प्रदेश नं. १)मा योग आयुर्वेदमा राम्रो पहिचान बनाउन सफल हुनुभएको छ। प्रत्येक दिन बिहान निःशुल्क रूपमा झापा, मोरङ, सुनसरीका कुनै न कुनै संघसंस्था वा समुदायमा सेवा प्रदान गरिरहनुहुने ढकालले लामो समयदेखि स्कुल, कलेज, सहकारी संस्था, नगरपालिका, प्रहरी कार्यालय, सेना सशस्त्रका गण, गुल्महरू, कारागार, वृद्धाश्रम, जेष्ठ नागरिक प्रतिष्ठान, मन्दिर प्राङ्गण, धार्मिक समारोहजस्ता अनगिन्ती सरकारी गैरसरकारी संस्था वा नागरिक समाजमा निःशुल्क सेवा प्रदान गरी योगलाई अभियानका रूपमा बढाउनुभएको छ।

स्वदेशमा मात्र होइन अमेरिका, क्यानडा, कोरिया, चीन, मलेसिया, सिंगापुर, थाइल्यान्डजस्ता मुलुकमा गएर पनि शरीर आफै चल्दैन चलाउनुपर्छ, हाम्रो शरीर आफैमा एउटा अस्पताल हो, भान्साकोठा औषधालय हो, हाम्रो संस्कृतिभित्र उपचार पद्धति जोडिएको हुन्छ भन्नेजस्ता विषयमा प्रवचनसमेत दिनुहुने र अमेरिकाको ३० वटा बढी राज्यमा योग, प्राणायाम, ध्यान, आयुर्वेद शिविर सञ्चालन गर्नुभएका ढकाल अमेरिकी नेपाली नागरिकका सामु योगगुरुबाट चिरपरिचित हुनुहुन्छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्