सिटिजन्स बैंकको पहिलो एक्सटेनसन काउन्टर खुल्यो



काठमाडाैं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले मकवानपुरको मनहरी गाउँपालिकास्थित रजैयामा एक्सटेनसन काउन्टरको स्थापना गरेको छ । उक्त एक्सटेनसन काउन्टर अघि बैंकले मकवानपुरको हेटौंडा तथा मनहरी गरेर दुई स्थानमा आफ्ना शाखा कार्यालयहरु स्थापना गरिसकेको छ ।

उक्त रजैया एक्सटेनसन काउन्टरबाट यस बैंकले उक्त क्षेत्रका ग्राहकहरुलाई बैंकले नगद जम्मा तथा भुक्तानी गर्ने, रेमिटेन्स भुक्तानी गर्ने तथा पठाउने, चेक क्लियरिङ गर्ने, ए.बि.बि.एस. सुविधा लगायत विभिन्न बैंकिङ सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

हालसम्म बैंकको ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईबाट करिव चार लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्