शाइन रेसुंगाले पूर्णिमा विकास बैंकलाई एक्विजिशन गर्ने



काठमाडौं, (नेस)
शाइन रेसुंगा डेभलपमेन्ट बैंक र पँर्णिमा विकास बैंकबीच संस्था प्राप्ति (एक्विजिशन) सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पँर्णिमा विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुरज उप्रेतीले हस्ताक्षर गर्नुभयो ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको कार्यक्षेत्र १० जिल्ला र पँर्णिमा विकास बैंकको कार्यक्षेत्र ३ जिल्ला रहेको थिया । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पँर्णिमा विकास बैंकलाई प्राप्ति गरेपश्चात राष्ट्रियस्तरको विकास बैंक बन्ने छ ।
प्राप्तिपछिको वित्तीय संस्थाको नाम शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड, बुटवल उपमहानगरपालिका वडा नं. ६ मा केन्द्रीय कार्यालय रहने छ ।
त्यस्तै संस्थाको प्रमुख कार्यकारी अधिकृतमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल नै कायम रहने छन् भने पँर्णिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ नायब प्रमुख कार्यकारी अधिकृत रहने छन् ।

नेपाल राष्ट्र बैंकवाट जारी भएको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को परिच्छेद ३ मा भएको व्यवस्था अनुरुप लक्षित संस्थाको डीडीए गर्न÷गराउने । त्यसपश्चात प्राप्त प्रतिवेदन उपर संयुक्त एक्विजिशन समितिमा विस्तृत छलफल गरी मँल्यांकन प्रतिवेदनमा सिफारिश गरिएको शेयर स्वाप अनुपातलाई स्वीकार गरिने दुवै बैंकले जनाएका छन् ।

तर, व्यवसायको प्रतिष्ठा, कर्मचारीको योग्यता, बजार उपस्थिति, मुनाफाको इतिहास, पछिल्लो बजार मँल्य, इजाजतपत्रको वर्गलगायतका आधारमा संयुक्त मर्जर समितिले मँल्यांकनकर्ताले सिफारिस गरेको शेयर स्वाप अनुपातलाई खुद सम्पत्तिको बढीमा १० प्रतिशतले आधार नेटवर्थमा थपघट गरी गणना गरिएको समायोजित आधार नेटवर्थ बमोजिम संशोधित शेयर स्वाप अनुपातगणना गरी शेयर स्वाप अनुपात कायम गर्ने सम्झौता भएको छ ।

शाइन रेसुंगाको एक अर्ब ६२ करोड २६ लाख चुक्ता पुँजी रहेको छ त्यस्तै पँर्णिमा विकास बंैकको ५५ करोड १२ लाख चुक्ता पँुजी रहको छ । शाइन रेसुंगाको निक्षेप १६ अर्ब १० करोड २३ लाख र पँर्णिमाको तीन अर्ब ३५ करोड ६१ लाख रहेको छ भने कर्जातर्फ शाइनको १४ अर्ब ५२ करोड ३६ लाख र पँर्णिमाको तीन अर्ब चार करोड ६७ लाख रहेको छ । हाल शाइन रेसुंगा डेभलपमेन्ट बैंकका ४० शाखा छन् भने पँर्णिमाका १२ वटा शाखा कार्यालय रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्