शेयर बजार साढे तीन वर्ष अगाडिको अवस्थामा



काठमाडौं ।
नेपाल स्टक एक्चेन्ज (नेप्से) साढे तीन वर्ष अगाडिको स्थितिभन्दा पनि तल झरेको छ । लगातारको गिरावटका कारण लगानीकर्ताले पुँजी बजारमा खर्बौ रुपियाँ गुमाइसकेका छन् ।

कुनै बेला नेप्से १८८१ को बिन्दँमा र २३ खर्बभन्दा बढीको समग्र पुँजीकरण रहेको स्थितिमा अहिले परिसँचक ११ सयमा ओर्लिएको छ भने समग्र पुँजीकरण १३ खर्ब रुपियाँको हाराहारीमा रहेको छ । लगातार गिरावटका कारण पुँजी बजारका लागनीकर्तामा निराशा उत्पन्न भएको छ ।

लगानीकर्तालाई निक्कै महत्व राख्ने ११ को बिन्दँबाट नेप्से ओर्लिएको त छैन । तर, त्यसभन्दा माथि पनि जान सकेको छैन । साताको पहिले दिन आइतबार परिसँचक एक हजारको आउने आशंका थियो । यद्यपि, दोहोरो अंकको गिरावटपछि पनि ११ सयकै बिन्दँमा रोकिएको छ ।

आइतबार नेप्से परिसँचक १० दशमलव ७५ विन्दुले घटेर ११०२ दशमलव ३२ बिन्दुमा झरेको छ ।

कुल १६६ कम्पनीको ६ लाख ९८ हजार ५४२ कित्ता शेयर २० करोड ९९ लाख ९७ हजार ५६९ रुपियाँ बराबरमा खरिद बिक्री भएको छ । कारोबारमा आएका १० उपसमँहमध्ये उत्पादन उपसमँह ३३ दशमलव २ अंकले बढेको छ ।

त्यस बाहेक अरु उपसमँह घटेका छन् । आइतबार बैंकिङ उपसमँह ९दशमलव शँन्य १, होटल उपसमँह १९ दशमलव १३, विकास बैंक उपसमँह ५ दशमलव २६, जलविद्युत् उपसमँह ९ दशमलव ३२, वित्त उपसमँह शँन्य दशमलव ६७, निर्जीवन बीमा उपसमँह ६९ दशमलव २, अन्य उपसमँह १० दशमलव ९७, लघुवित्त उपसमँह २० दशमलव ७२ र जीवन बीमा उपसमँह ६१ विन्दुले घटेको छ ।

आइतबार समग्र परिसँचक गिरावट हुँदा पनि युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले भने ४ दशमलव शँन्य ३ प्रतिशतले कमाएका छन् । यस्तै एक्सल डेभलपमेन्ट बैंकका लगानीकर्ता ३ दशमलव ९९, एनएमबी हाइब्रिड फण्ड ३ दशमलव २१, साइन रेसुंगा डेभलपमेन्ट बैंकका लगानकर्तँले २ दशमलव ११ प्रतिशतले कमाएका छन् ।

यता सबैभन्दा बढी गुमाउनेमा किसान माइक्रोफाइनान्स वित्तीय संस्था भार्गव विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, घलेम्दी हाइड्रोपावर, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, ओरेण्टल होटल लिमिटेडलायतका कम्पनीका लगानीकर्ताले रहेका छन् ।

न्यँन कारोबार भएको दिन एक करोडभन्दा बढी कारोबार हुने कम्पनीमा धेरै एनआईसी एसिया बैंकक, नबिल बैंक र शिखर इन्स्योरेन्स कम्पनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्