सिटिजन्स बैंकद्वारा सहयोग



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले सेन्ट मेरिज स्कँलका भँतपँर्व विद्यार्थीहरूको संगठन ‘आसमान’ लाई एक लाख रुपियाँ सहयोग गरेको छ ।

उक्त संस्थाले करिब २८ वर्षदेखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजना संचालन गर्दै आएको छ । यस प्रकारको सहयोगबाट महिला तथा बालबालिकाको सशक्तिकरण, सबलिकरण तथा चौतर्फी विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । आउँदा दिनहरूमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्