जनता बैंकको नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा



काठमाडौं, (नेस)
जनता बैंक नेपालले पाल्पामा नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोबार तथा सीमित बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरेको छ ।

पाल्पाको रम्भा गाउँपालिका– ३, खोक्खोलामा खोलिएको नयँँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोबार शुरु गरिएको तथा सोही गाउँपालिकाको ताहुमा रहेको शाखा मातहत रहने यस एक्स्टेन्सन काउन्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोबार तथा स्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणहरुले समेत यस काउन्टरबाट बैंकिङ सेवा लिन सक्नेछन् ।

योसँगै बंैकको ७ वटै प्रदेश समेटिने गरी १२८ शाखा, ५० शाखा रहित बैंकिङ केन्द्र, ७९ एटीएम, १ सीमित बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी नै उपस्थिति जनाउने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्