सहकारीद्धारा पेट्रोल पम्प र मोटरपार्टसको व्यवसाय संचालन गर्ने



यमलाल भुसाल, बुटवल ।
ट्रक व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पडषरी रुपन्देहीको दोस्रो साधारण सभाले सस्थाको कार्य क्षेत्रलाइ प्रदेश स्तरिय बनाउने निर्णय गरेको छ ।

प्रदेश भरी छरिएर रहेका ट्रक व्यवसायीको हकहितका लागि सहज रुपमा कर्जा प्रवाह तथा गुणस्तरिय सामान उपलब्ध गराउने लक्ष्य सहित संचालनमा ल्याईएको सहकारीले स्थापनाको दोस्रो वर्षमै लोक प्रियता कमाउन सफल भएको छ ।
सोमवार भएको साधारण सभामा नेपाल ट्रक व्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटले सहकारीका शेयर सदस्यलाई गुणस्तरिय तथा सहज रुपमा सेवा उपलब्ध गराउन माग गर्नु भयो ।

नेपाल ट्रक व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोक राज पोखरेलले सहकारीमा आवद्ध ट्रक व्यवसायीलाई सहज हुने गरी पेट्रोल पम्प, टायर पसल र मोटरपार्टसको व्यवसाय संचालन गरी व्यवसायीलाई फाईदा दिलाउने गरी काम अगाडी बढाएकोले त्यस्तो कार्यलाई छिटो संचालन गर्न माग गर्नु भयो ।

सहकारीका अध्यक्ष खडानन्द अर्यालको सभापतित्वमा भएको कार्यक्रममा ट्रक व्यवसायी महासंघका प्रदेश ५ का संयोजक यम प्रसाद पाण्डे, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष खगराज गौतम, लुम्बिनी ट्रक व्यवसायी समितिका अध्यक्ष विष्णु खरेल, ढुवानी व्यवसायी समितिका उपाध्यक्ष राम कृपन लोहनीसहकारीका उपाध्यक्ष बसन्त खडका, सचिव अर्जुन भुसाल, कोषाध्यक्ष दीपक थापाले ट्रक व्यवसायी सहकारीले अगाडी सारेका कामलाई ध्यानमा राखी सदस्यता विस्तार अभियान संचालन गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्