सम्पति बीमा लेख जारी गर्दै बीमा समिति, बीमा पहुँच १४ प्रतिशत पुगेको दाबी



नेपाल समाचारपत्र, काठमाडौं ।

बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले बीमा पहुँच १४ प्रतिशत पुगेको बताएका छन् । शुक्रबार मिडिया इन्टरनेसनको आयोजना, बीमा समितिको प्रवद्र्धन तथा रिलायन्स लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स सँगको सहकार्यमा सुरु भएको बीमा जागरण सम्बन्धि कार्यक्रम मेरो खुसि मेरो बीमा को समुद्घाटन गर्दै अध्यक्ष चापागाईँले दुई बर्ष अगाडी ७ प्रतिशत रहेको बीमा पहुँच २ बर्षको अवधिमा बढेर दोब्बर अर्थात् १४ प्रतिशत पुगेको बतएका हुन् । उनले बीमा समिति र आफ्नो टीमको कारणले मात्र नभई बीमा समितिमा कार्यरत कर्मचारीका साथै बीमा कम्पनी एवम् मिडिया समेतको उल्लेख्य भुमीकाको कारण यो उपलब्धी हासिल गर्न सकिएको बताए ।

बीमा समितिले एक बर्ष अगाडीदेखि नै निर्जिवन बीमा कम्पनीहरुले आफ्नो कुल प्रिमियमको १.५ प्रतिशतसम्म रकम ४ वटा विभिन्न बीमा विस्तारको क्षेत्रमा खर्च गर्न पाउने किसिमले सर्कुलर जारी गरिसककेको छ । त्यो रकम बीमा कम्पनीले खर्च गरिरहेको भए पनि बीमा कम्पनीले बीमा जागरणमा कम खर्च गरेको भेटीपछि बीमा समितिले उक्त रकमको २५ प्रतिशत रकम बीमा जागरणमा अनिवार्य खर्च गर्न निर्देशन दिएको छ । उक्त रकम खर्च भए नभएको निरीक्षण गरिने बीमा समितिका अध्यक्ष चापागाईँले बताए ।

बीमा जागरणको लागि जीवन बीमातर्फ भन्ने छुट्टै ब्यवस्था रहेको अध्यक्ष चापागाईँले जानकारी दिए । बीमा पहुँच बृद्धिको उपलब्धिमा गत बर्षदेखि जीवन बीमातर्फ नयाँ लाइसेन्सिङ पुँजी बृद्धि योजना मेचिदेखि महाकालीसम्मका स्थानीय तहहरुसँग पनि अन्त्तरक्रिया गर्दा त्यसले पनि भुमिका खेलेको उनले बताए । सरकारको समृद्ध नेपाल सुखि नेपाली भन्ने नारालाई सहयोग गर्ने गरी समितिले एक दुई दिन भित्रमा नै निर्जिवन बीमातर्फ नयाँ सम्पति बीमाको बीमा लेख ल्याउने तयारी गरेको उनले जानकारी दिए । गार्हस्थ्य बीमालेख र ब्यवसायिक बीमा लेख गरी दुई भागमा बाँडिएको उक्त पोलीसि माघ १ गतेदेखि लागू हुने उनले बताए ।

विकसित देशमा बैकिङभन्दा बीमाको पहुँच बढि रहेको र नेपालमा त्यस्तो हुन नसकेको उल्लेख गर्दै अध्यक्ष चापागाईँले अब बीमा पहुँच विस्तारलाई एक डेढ बर्ष भित्रमा नै १८।१९ प्रतिशत पुर्याउने लक्ष्यसहित अघि बढ्ने बताए । नेपालमा बीमा पहुँचको बृद्धिदर जीवनतर्पm ३१ प्रतिशत र निर्जिवन तर्पm २० प्रतिशत रहेको उनले बताए । बीमा समितिको अबको काम बीमा क्षेत्रलाई ब्यवस्थित र मर्यादित बनाउने रहेको उनले बताए ।

कार्यक्रममा सहकार्य गरेको संस्था रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले ९ वटा बीमा कम्पनी बजारमा आएपछि बीमा पहुँचमा उल्लेख्य बृद्धि भएको बताए । बीमा पहुँच बृद्धिमा वित्तीय साक्षरता कार्यक्रम गरिरहेका विभिन्न संघ संस्था तथा बीमा कम्पनीहरुले गरेको जागरण कार्यक्रमहरुको महत्वपुर्ण भुमीका रहेको उनले बताए । मेरो खुसि मेरो बीमा कार्यक्रमसँग जोडिन पाउँदा खुसि लागेको पनि उनले बताए ।

उक्त कार्यक्रममा सहकार्य गरेको अर्को संस्था प्रिमियर इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीले नेपालमा बीमाको पहुँच अत्यन्तै कमजोर रहेको बीमा पहुँच विस्तारको लागिीयस्ता कार्यक्रमहरु हुनुपर्ने र यसको लागि प्रिमियर इन्स्योरेन्स सहकार्य गर्न तयार रहने बताए ।

मिडिया इन्टरनेसनलका अध्यक्ष तथा बैंकिङ बीमा एक्स्पो कार्यक्रमका कार्यक्रम संयोजक माधव निर्दोषको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै निर्दोषले बीमा पहुँच विस्तारको लागि यस्ता कार्यक्रमलाई अझ ब्यापक बनाउँदै लैजाने बताए ।

कार्यक्रममा बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजु रमण पोडेल र बीमा विज्ञ भोजराज शर्माको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्