बैतडीका सबै स्थानीय तहमा बैँकिङ सुविधा



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीका सबै स्थानिय तहमा बैँकिङ सुविधा पुगेको छ । सरकारले देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्य अनुसार बैतडीमा पनि बैँकिङ सुविधा पुर्याइएको हो ।

जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक,पञ्चेश्वर गाउँपालिकामा नोबेल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आईएमई बैंक,डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल ईन्भेष्टीमेन्ट बैंक, र मेलौलीमा एनसिसि बैंकका शाखा स्थापना भईसकेका छन् ।

शिवनाथ गाउँपालिकामा केही दिन अगाडी मात्रै नेपाल एसबिआई बैंकको शाखा स्थापना भएको भएपनि खाता खोल्ने काम मात्रै भईरहेको गाउँपालिकाका प्रवक्ता हजारी साउदले जानकारी दिनुभयो । खाता खोल्न बाहेकका अन्य सेवासुविधा केही दिनभित्रै सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैंक लगायतका अन्य बैंकका शाखाहरु रहेका छन् भने पाटन नगरपालिकाका कृषि बिकास बैंक लगायतका शाखाहरु छन् ।

सरकारले वि स २०७४ साउनमै देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने भनेपनि बैतडीका सबै स्थानीय तहमा भने १ बर्षपछी पुगेका हुन् ।

बैंकका शाखा स्थापना भएसंगै स्थानीय तहका कर्मचारी जनप्रतिनिधी तथा सर्वसाधारण नागरिकले सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्