जनयुद्धमा लागेको आरोपमा जन्म कैद



कालीवहादुर मल्ल, कालिकोट
०६१ पुस १८ गते धादिङको चरौदीमा हाइवे क्लियरिङमा गएका बेला हतियारसहित भागेर माओवादी सेनामा लागेका कालिकोट शुभकालिका–५, सुकाटियाका ३८ वर्षीय सिहंबहादुर शाहीको परिवार विचल्लीमा परेको छ ।
नेपाली सेनावाट हतियार सहित भागेर तत्कालिन माओवादी सेनामा लागेको आरोपमा सैनिक पुनरावेदन अदालतले जन्मकैदको फैसला सुनाए पछि शाहीको आठ जना परिवार विचल्लीमा परेको हो ।

०५९ मा तत्कालीन शाही नेपाली सेनाको तारादल गणमा सिपाही रहेका शाहीको घरमा पत्नीसहित ४ छोरा र २ छोरी छन । पीडित शाहीका पत्नी सुस्मीताले कार्तिक बुधबार जिल्ला सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गरि आफूलाई अन्याए भएको वताइन ।

‘हाम्रो परवारको बिचल्ली भयो,घरमा पालपोषण गर्ने कोही पनि छैन ’ न्याय माग्न सुकाटियाबाट मान्म आएकी २८ वर्षीया पत्नी सुस्मिताले भनिन, उनले नयाँ व्यवस्था आए पनि पुरानै सैनिक कानुनले दुःख दिएको वताइन । उनले ३ छोराछोरी घरमै छाडेर एक छोरी र दुई छोरालाई सदरमुकाम लिएर आएकी छन । अनुसार कमाइ गर्ने जेल परेपछि घरमा खान, बस्नै समस्या भएको उनको भनाइ छ । जेठो छोरा मनराज ३ कक्षा पढ्दा पढ्दै विद्यालय जान छाडेका छन ।

माओवादी नेताहरू राज्य चलाउने तर जबर्जस्ती माओवादी भयो भनेर अबिर लगाएर नियन्त्रणमा लिएको व्यक्तिलाई जन्मकैद फैसला हुनु अन्याय भएको सिंहका दाजु नन्दबहादुर शाही घमनले बताए ।

सिंहबहादुरले सेनामा जागिर खाएपछि माओवादीले उनको घर लुटेर परिवार सदरमुकाम मान्म विस्थापित भएका थिए । उनको हतियार अनमिनमार्फत नेपाल सरकारले बुझिसकेको छ । शान्ति सम्झौतापछि द्वन्द्वकालीन मुद्दा किनारा लागे पनि आफ्नो भनसुन गर्ने कोही नहुँदा अन्यायमा परेको दाइ नन्दबहादुरको भनाइ छ । उनका अनुसार ०७४ फागुन ७ गते जिल्ला प्रहरीको टोलीले घरबाटै सिंहबहादुरलाई पक्राउ गरेको थियो ।

नेपाली सेनाले जिल्ला प्रहरीबाटै हत्कडी लगाएर सेनाको ब्यारेक हुँदै हेलिकप्टरबाट काठमाडौं लगेर मुद्दा चलाएको हो । सिंहबहादुरले शान्ति स्थापनाको करिब डेढ दशकपछि सेनाले आफूलाई पक्राउ गरेर कोर्ट अफ इन्क्वाइरी गठन गरी सैनिक अदालतबाट अन्यायपूर्ण रूपमा फैसला गरेको सत्यनिरुपण तथा मेलमिलाप आयोगमा गरेको अपिलमा उल्लेख छ ।

द्वन्द्वकालमा हतियारसहित भागेका भगौडा भएकाले सैनिक अदालतले शत्रु दफा लगाएर जन्मकैदको फैसला गरेको नेपाली सेनाको लिगत फाँटले जनाएको छ । नेपाली सेनाका अनुसार कब्जामा परेको भए छुटेपछि सैनिक हेडक्वाटर सम्पर्कमा गएको भए मुद्दा नचल्ने थिएन ।

प्रतिक्रिया दिनुहोस्