तिहारको आगमनसँगै झिनिया रोटीको व्यापार फष्टायो



कविराज नेपाल, पाल्पा ।

चामलका पिसेर सिनो पिठो बनाईन्छ, पिठो लाई राम्ररी पकाएर घाममा सुकाई तयार गरिने सिन्कामरी अर्थात झिनिया रोटीको व्यापार पछिल्लो समयमा वढेको छ ।

प्राय गरी हरेक पुजाआजा बिबाह व्रतवन्ध, भोज भतेरमा नेवारी समुदायमा झिनिया रोटी अनिवार्य मानिदै आएको झिनिया पछिल्लो समय अरु समुदायका व्यक्तिले पनि उपयोग गर्न थालेपछि यसको माग र व्यापार वढेको हो । तिहारको आगमनसँगै यसको व्यापार झनै वढेको व्यापारीहरुले वताएका छन ।

पछिल्लो समय खासगरी महिलाहरुका लागि झिनिया रोटी व्यसायिक माध्यम पनि वनेको देखिन्छ । यसलाइृ व्यापारिक हिसावले चाडपर्व केन्द्रित गरी यहाका केही महिलाहरुले व्यवायिक वनाएका छन जसको कारण जिल्ला सदरमुकामका प्रत्येक टोलहरुमा यो व्यवसायिक वन्दै गएको छ भने जिल्लाका गाउ वस्तीसम्म पनि झिनिया रोटी वनाउने र विक्री गर्ने प्रचलन वढन थालेको छ ।

भाइटिका पर्व(तिहार) नजिकिदै जादाँ पाल्पामा उत्पादन हुदै आएको झिनिया रोटीको व्यापार बढ्दै गएको छ । खासगरी ग्रामीण क्षेत्रबाट वजार गर्न आउनेहरुले यसलाइ लिएर जाने भएकाले पनि यसको व्यापार वढदै गएको व्यापारीको अनुभव छ ।

करिव १० वर्षदेखि यसको व्यापार र रोटी वनाउदै आएका तानसेन टक्सार टोलका विकास नापित आफ्नो परिवारका सवै सदस्यले झिनिया रोटी वनाउने र विक्री गरी राम्रै आम्दानी गर्ने गरेको वताउछन ।

पश्चिम पाल्पाको खस्योैलीमा झिनिया रोटी वनाउने व्यवसाय गर्दै आएकी लक्ष्मी आचार्यले खासै मेहनत नपर्ने तर रामैै्र आम्दानी हुने भएकाले झिनिया रोटी वनाउन सिकेको र यसवाट राम्रो आम्दानी भएको सुनाइन ।

तिहारको लागी तानसेनमा बनेको झिनिया रोटी पाल्पामा मात्र नभई बुटवल , भैरहवा , पोखरा , नारायणगढ , काठ्माण्डौ लगायतका शहरमा समेत विक्री हुने गरेको छ ।
झिनिया रोटी विक्री गरेर तानसेनका करीब १ सय ५० घरपरिवारले तिहारको अबसरमा आम्दानी गर्ने राम्रो मौका पाएका छन । तानसेनको बसन्तपुर, टक्सार, मखनटोल, भगवतिटोल, लगायतका ठाउँमा झिनिया रोटी बनाउने गरिन्छ ।

व्यवसायीहरुले झिनिया रोटी बेचेर दशै तिहार लगायतका पर्वमा कम्तिमा ४० हजार देखि ३ लाख रुपैया आम्दानी गर्ने गरेको बताउँछन । अहिले व्यवसायिक प्रयोजनमा लागेका हरेकजसो घरका छतछतमा झिनिया रोटी सुकाउने गरेको देख्न सकिन्छ
अर्का व्यवसायी कमल श्रेष्ठले यसको व्यापार वाह्ै महिना हुने भएपनि तिहारको वेला वढेको र दैनिक करिव १०हजारको दरले हुने गरेको जानकारी दिए ।

लामो समयदेखि यसैको व्यापार गरेकी गृहणी श्रेष्ठले तिहारलाई लक्षित गरी दुइ महिना अघिदेखि नै रोटी वनाउन थालेको र अहिले माग पु¥याउन समेत गाह्रो परिरहेको वताइन ।

नेवारी समुदायमा मात्र बढि चलन चल्तीमा रहेको झिनिया रोटी आजकल अन्य समुदायले पनि प्रयोग गर्न थालेका कारण यसको व्यापार व्यवसाय बढेको हो । रंगिविरङगी झिनिया रोटी अन्य रोटीको दाजोमा आकर्षक देखिएका कारण पनि यसको व्यवसायमा विस्तार हुदै गएको हो ।

झिनिया रोटीको लागी चामल पिसेर मिसिनो पिठो बनाईन्छ, पिठो लाई राम्ररी पकाएर आकर्षणको लागी बिभिन्न थरीका रंग हरु मिसाएर हाते मेसिन बाट बनाउने गरिन्छ । बनाएको सिन्के रोटी लाई घाममा राम्रो संग सुकाएपछि मात्र बिक्रि गरिन्छ । यसरी विक्री भएको रोटीलाई घ्यू वा तेलमा फुराइ प्रयोग गरिन्छ ।

अन्य जातजातिले दशै तिहारमा मात्र प्रयोग गरे पनि नेवारी समुदायको लागी भने वाहैै्र महिना झिनिया सिन्के रोटी प्रयोग गर्ने परम्परा रहेको छ ।

तिहारको वेला अरुरोटीहरु सेल, फिनी, अनरसा, चिनीरोटी लगायतसँगै झिनिया रोटी राख्दा राम्रो देखिने भएकाले पनि यसको व्यापार वढेको वराङ्दीबाट तानसेन रोटी खरिद गर्न आएकी विमला बस्यालले वताइन ।

यसको ख्यातिसँगै पछिल्लो समय पाल्पा घुम्न आउने आन्तरिक पर्यटकले पनि पाल्पाको चिनो भन्दै रोटी लिएर जाने गरेको स्थानीय व्यापारीहरु सुनाउछन ।

प्रतिक्रिया दिनुहोस्