मेगा बैंकको काठमाडौंमा तीनवटा शाखारहित बैंकिङ सेवा


काठमाडौं, (नेस)
मेगा बैंक नेपालले काठमाडौंको कीर्तिपुर, टोखा र रामकोटमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

कीर्तिपुर नगरपालिकाको चम्पादेवी, टोखा नगरपािलकाको झोर र नागार्जुन नगरपालिकाको रामकोटमा मेगा बैंकले शाखारहित बैंकिङ सेवा शुरु गरेको हो ।

कीर्तिपुर नगरपालिका– ४ स्थित चम्पादेवीमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र मेगा बैंक नेपालका शाखारहित बैंकिङ सेवाका इन्चार्ज डम्बरबहादुर श्रेष्ठले संयुक्त रुपमा कारोबारको शुरु गर्नुभयो ।

मेयर महर्जनले कीर्तिपुरबासीको आर्थिक अवस्थामा सुधार गर्न मेगा बैंकले चालेको कदमको स्वागत गर्दै यस क्षेत्रमा नमुना बैकिङ्ग कारोबार गर्ने बैंकको रुपमा स्थापित होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

यसैगरी रामकोटमा शाखारहित बैंकिङ सेवाको शुरुवात गर्दै नागार्जन नगरपालिकाका मेयर मोहनकुमार बस्नेतले शाखारहित बैंकिङ सेवाको शुरुवातले रामकोट क्षेत्रमा विकासको ढोका खोल्ने बताउनुभयो । मेगा बैंकको सरल कर्जाबाट ग्रामीण भेगका धेरै साना तथा मझौला व्यवसायी लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मेगा बैंकका देशभर १ सय १९ वटा शाखारहित बैंकिङ सेवा छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।