एनआईसी एशिया बैंकको एक साथ ३ शाखा



काठमाडौं (नेस )
एनआईसी एसिया बैंकको एकसाथ ३ वटा नयाँ शाखा विस्तार गरिएको छ । नयाँ कार्यालयहरुमा धादिडको धुनिबेशी नगरपालिका वडा नंम्बर ७ स्थित खानीखोला शाखा, वडा नंम्बर ६को धार्केस्थित धार्के शाखा र थाक्रे गाउँपालिका वडा नंम्बर ६ महादेवबेशीमा महादेवबेशी शाखाको को बुधबार उद्घाटन गरिएको हो ।

बैंकले हाल २ सय ३७ शाखा कार्यालयहरु, २ सय ३० एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार १ खर्ब ८१ अर्ब रुपियाँभन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १ खर्ब ५३ अर्ब रुपियाँ पुगेको छ । बैंकको कुल कर्जा १ खर्ब २४ अर्ब रुपियाँ छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९हजार रहेको छ । बैंकले आफ्नो संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालनागर्दै अघि बढिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्