सन नेपाल लाइफ इन्स्योरेन्सर संग्रिला डेभलपमेन्ट बैंकबीच बैंकासुरेन्स सम्झौता



काठमाडौं, (नेस)
सन नेपाल लाइफ इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंकबीच बंैकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट विभागीय प्रमुख विनोद शर्मा पौडेल र संग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट विभागीय प्रमुख तेज बहादुर थकुल्लाले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौताअन्र्तगत संग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।
सन नेपालले कारोबार शुरु गरेको ९ महिनाभित्र अर्थात आसार मसान्तमा वैदेशिक रोजगार बीमाबाहेक बिभिन्न ११ प्रकारका बीमा योजनामा ९८२१ पोलिसी बिक्री गरी २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपियाँ प्रिमियम संलकन गरेको छ ।

कम्पनीले सोही अवधिमा जीवन बीमा कोषमा १० करोड ९२ लाख १३ हजार ९ सय ८७ रुपियाँ र १२ करोड ९८ लाख ८९ हजार ४ सय ७७ आर्जन गरेको छ । कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्ब पु¥याउन ६० करोड मँल्यकोे आईपीओ जारी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्