भारतले दियो पहिलो किस्ताको २ अर्ब अनुदान, २३ अर्ब अझै बाँकी



नेपाल समाचारपत्र, काठमाडौं ।

भूकम्पपछिको पुनर्निर्माणमा प्रतिबद्धता जनाएको तिन वर्षपछि भारतले अनुदान रकममध्ये पहिलो किस्ता हस्तान्तरण गरेको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले अर्थ सचिव डा. राजन खनाललाई २ अर्ब १० करोड ४३ लाखको चेक हस्तान्तरण गरेका हुन्।
a
२०७२ फागुन ८ गते नेपाल र भारत सरकारबीच नुवाकोट र गोरखा जिल्लाका ५० हजार घरको पुनर्निर्माणका लागि भारत सरकारले १० अर्ब रुपैयाँ सहयोग गर्ने सहमति भएको थियो। यो रकम नुवाकोट र गोरखा जिल्लाका ४२ हजार ८६ निजी घरहरुको अनुदान रकमको पहिलो किस्ताका लागि उपयोग हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

नेपालको पुनर्निर्माणमा भारतले एक खर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। ७५ अर्ब रुपैयाँ सहुलियत ऋण हो भने २५ अर्ब अनुदान हो। अनुदानमध्ये १० अर्ब निजी आवास निर्माणमा खर्च हुनेछ।

प्रतिक्रिया दिनुहोस्