डेड अर्बमा साढे सात करोडको योगदान



मोतीराम तिमल्सिना
काभ्रे
आर्थिक वर्षको अन्त्यमा १ अर्ब ५५ करोड ७७ लाख ३६ हजार ४ सय २२ रुपैया राजश्व संकलन भएको जिल्लामा धुलिखेल सामुदायिक अस्पताल एक्लैले ७ करोड ४३ लाख राजश्वमा योगदान पुर्याएको छ ।

जिल्लामा आयकरमा १३ हजार ३ सय ४८ करदाता सहभागि भएका छन् । जस मध्ये भ्याटमा २ हजार ३ सय ५३ दर्ता भएका छन् भने अन्त शुल्कमा ७ सय २७ वटा फर्म दर्ता भएका छन् । १ लाख भन्दा धेरै कर बुझाउने करदाताहरुका संख्या ५ सय ६६ रहेको छ । १० लाख भन्दा धेरै कर बुझाउने करदाताहरुको संख्या १ सय ९ वटा रहेका छन् । त्यस मध्ये जिल्लामा सबै भन्दा धेरै कर बुझाउने संस्था धुलिखेल सामुदायिक अस्पताल भएको छ । धुलिखेल अस्पतालले एक वर्षमा ७ करोड ४३ लाख कर बुझाएको हो ।

अस्पताल, वित्तिय क्षेत्र र होटल प्रमुख दाता

अस्पताललाई सरकारले अस्पतालमा खरिद हुने सामानहरुमा कर छुटको ब्यवस्था मिलाएको छ । केहि विषयगत उपचारका लागि अनुदान उपलब्ध गराएको छ । राज्यले निशुल्क घोषणा गरेका घटनामा निशुल्क उपचार गरेको छ । झण्डै ११ सय कर्मचारी रहेको उक्त अस्पतालले त्यति हुँदा हुँदै पनि आर्थिक वर्ष २०७४÷२०७५ को अन्त्यमा ७ करोड ४३ लाख रकम बुझाएको हो । जिल्लाकै पहिलो र ठुलो कर तिर्ने संस्थाका रुपमा धुलिखेल सामुदायिक अस्पताललाई चिनिएको छ ।

करोड भन्दा धेरै कर बुझाउने संस्थाहरु मध्ये विन्धबासिनी सहकारी रहेको छ । विन्धबासिनीले २ करोड ४४ लाख कर बुझाएको छ । त्यस्तै स्वरोजगार लघु उद्यमीले २ करोड १ लाख बुझाएको छ भने मेलम्ची एण्ड इन्द्रावती स्टोन प्रालीले १ करोड ६७ लाख रकम बुझाएको छ । मिर्मिरे माईक्रो फाईनान्सले १ करोड ५५ लाख रकम बुझाएको छ ।

साँगा कन्ट्रक्सन प्रालीले १ करोड ५१ लाख बुझाएको छ । पनौतीमा रहेको सामुदायिक साकोसले १ करोड ३३ लाख कर बुझाएको छ । बनेपाको बुडोल सामुदायिक साकोसले १ करोड ६७ लाख रकम कर बुझाएको छ । सहकारीहरुमा धेरै कर बुझाउने यिनै सहकारीहरु हुन् । नाम चलेका तथा धेरै कारोवार भएका सयौ सहकारीहरुले कर छली गरेका छन् ।

केहि ब्यवसायीहरुले पनि कर छली गरेका छन् । बनेपाको चण्डेश्वरी बचतले ७३ लाख कर बुझाएको छ । ज्योती बहुउदेश्यिय सहकारीले ६१ लाख कर बुझाएको छ भने मनकामना सहकारीले ५७ लाख कर बुझाएको छ ।

त्यस्तै विद्यालय तर्फ सबै भन्दा धेरै बनेपाको विद्या सागर स्कुलले १६ लाख ३५ हजार कर बुझाएको छ । शिक्षा क्षेत्रमा नाम चलेका थुप्रै विद्यालयले कर नै बुझाउन आनाकानी गरेका छन् । ग्रेसियर एजुकेशनले १३ लाख २४ हजार कर बुझाएको छ । निष्ट कलेज बनेपाले ९ लाख बुझाएको छ भने प्रगति प्रभात एकेडेमीले ९ लाख ९८ हजार कर बुझाएको छ । स्वर्णिम भविश्यले ५ लाख ८५ हजार रकम बुझाएको छ भने धुलिखेल हाईस्कुलले ४ लाख, सरस्वती शिक्षा गृहले ३ लाख २२ हजार, एभरेष्ट एकेडेमीले ३ लाख ७७ हजार कर बुझाएका छन् ।

काभ्रे मावी बनेपाले २ लाख २७ हजार, काभ्रे इङ्गलिस मावी पनौतीले १ लाख ३३ हजार, सिद्धार्थ उमावी बनेपाले २ लाख २१ हजार, क्षितिज स्कुल बनेपाले २ लाख ३ हजार कर बुझाएको छ । पाँचखाल भ्यालीले १ लाख ६५ हजार, रामभक्त मेमोरियलले १ लाख ६३ हजार, लिन इन्टरनेशनलले १ लाख ६२ हजार, सरस्वतीकुञ्जले १ लाख ४३ हजार, ज्ञानकुञ्ज बनेपाले १ लाख ४० हजार, काभ्रे स्वास्थ्य तालिम शिक्षालयले १ लाख २० हजार, डिभाईनलाईटले १ लाख ६ हजार, इशा मेमोरियलले १ लाख ३ हजार कर बुझाएको छ भने ग्रेसल्यायड स्कुलले १ लाख १ हजार कर बुझाएको छ । १ लाख भन्दा कम बुझाउने धेरै स्कुलहरु छन् । केहि स्कुलहरुले आम्दानी भए पनि कर छली गरेका छन् ।

पर्यटन ब्यवसायमा गत आर्थिक वर्षमा सोचे भन्दा कम राजश्व संकलन भएको कर कार्यालयले बताएको छ । होटलहरु मध्ये धेरै कर बुझाउने मिलारक होटल रहेको छ । मिराकल होटलले ८५ लाख कर बुझाएको छ । त्यस्तै धुलिखेल लजले ५७ लाख कर बुझाएको छ । धुलिखेलमा रहेका झण्डै ५० वटा भन्दा धेरै होटल छन् । दर्जनौ ठुला होटल छन् । सबै होटलहरुले आम्दानी भए जति कर बुझाएका छैनन ।

उद्योगी ब्यवसायीहरु मध्ये सिवी भण्डारी जेवी कम्पनीले ८७ लाख कर बुझाएको छ भने राजेन्द्र जोशी सप्लायर्सले ८० लाख कर बुझाएको छ । युर्निभर्सल वाईनले ६२ लाख कर बुझाएको छ । यति प्लास्टिकले ५९ लाख कर बुझाएको कर कार्यालयले जानकारी दिएको छ । बनेपाको शिर मेमोरियल अस्पतालले ५४ लाख कर बुझाएको छ । कर कार्यालयको स्तर बृद्धीसँगै कर छली गर्ने उद्योगी ब्यवसायी, सहकारी, बैक, शिक्षण संस्था, सामाजिक सस्थाहरुलाई कारवाही गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्