प्रदेश सरकारको बजेटः जिल्लाका योजनामा करोडौं विनियोजन



मोतीराम तिमल्सिना, काभ्रे ।

केन्द्र सरकारले जिल्लाका विभिन्न क्षेत्रमा राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट विनियोजन गरे लगत्तै प्रदेश सरकारले विनियोजन गरेको बजेटमा पनि काभ्रेपलाञ्चोक जिल्लालाई प्राथमिकतामा पारिएको छ ।

प्रदेश सभाका सांसदहरु र जिल्लाकै संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको समेत प्रत्यक्ष सहभागितामा जिल्लाका दर्जनौ योजनाहरु समावेश भएका छन् । १३ वटै स्थानीय तहमा शशर्त अनुदान सहित महत्वपूर्ण योजनाहरुमा रकम विनियोजन भएको छ ।

महाभारत गाउँपालिकालाई विशेष क्षेत्र घोषणा देखि खोपासी कामिडाँडा ताल्ढुंगा कर्मैया सडक निर्माणका लागि ३ करोड रकम विनियोजन गरिएको छ । २ किलोमिटर सडकको ट्रयाक खोल्न नयाँ नसक्दा ७० किलोमिटर सडक संचालन हुन सकेको छैन । लामो समय अघि देखि शुरु भएको उक्त सडक निर्माणको क्रमलाई प्रतिनिधि सभा सांसदहरु र प्रदेश सभा सांसदहरुले आगामी वर्ष भित्रै उक्त सडक सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

पर्यटन, स्वास्थ्य, खानेपानी, विद्युत्त लगायतको क्षेत्रमा प्रदेश सरकारले जिल्लालाई प्राथमिकतामा राखेको छ । प्रतिनिधि सभा सांसदहरु गंगाबहादुर दोङ्ग, मन्त्री गोकुल बास्कोटा, नविना लामा, प्रदेश सभा सांसदहरु रत्न ढकाल, चन्द्र लामा, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई र गोमा भुर्तेल नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् । जिल्लामा अन्य पार्टीका सांसदहरु छैनन ।

स्थानीय सरकारमा १३ वटा मध्ये ९ वटा सरकार कम्युनिष्ट पार्टीका नेताहरुले विजयी प्राप्त गरेका छन् । जिल्लाको सम्वृद्ध विकासका लागि पार्टीको सक्रियता र जनप्रतिनिधिहरुको कृयाशिलता रहने हो भने विनियोजन गरेका योजनाहरुले विकासको मार्ग प्रशस्त गर्ने छ । जिल्लाको प्राथमिकतामा परेका महत्वपूर्ण योजनाहरुमा कोखाजोर जलाशययुक्त आयोजना सम्भाब्यता तथा वातावरणीय अध्ययन कार्य (११२ मेघावाट विजुली उत्पादन) कार्य– १० करोड २६ लाख ५० हजार, खोपासी–कामिडाँडा–ताल्ढुंगा कर्मैया सडक (७० किमी)– ३ करोड, धुलिखेल –रविओपी–नगरकोट सडक आयोजना– ३ करोड, नाला काशिभञ्ज्याङ्ग टिले नयाँगाउँ कुन्ता सडक स्तरोन्नती आयोजना– २ करोड, बनेपा नगरपालिका अन्र्तराष्ट्रिय कला र सांस्कृतिक केन्द्र भौतिक पूर्वाधार निर्माण– २ करोड, नगरकोट गैह्वििसौना हिगुवापाटी सडक– १ करोड, बेथाल्चोकको गेल्डुङ्ग गोल्माकोड सडक– १ करोड, काभ्रेको बेथान्चोक नारायणस्थान पर्यटन विकास गुरुयोजना निर्माण– ३० लाख, बासुकि पार्क पर्यटन गुरुयोजना निर्माण– ३० लाख, जलविहार सहितको पिकनिक तथा पार्क निर्माण दोलालघाट– १ करोड, टन्चोक–धुलिखेल– नमोबुद्ध– तेमाल पर्यटकिय मार्ग निर्माण– ५० लाख, भूमिचुलि भ्यु टाओर(रोशी) निर्माण– ६० लाख, श्री गोदा रंगनाथ पर्यटन तथा अतिथि गृह निर्माण खोपासी– २५ लाख, चाखोला कटान नियन्त्रण, माझिफेदा चौरीदेउराली ३ मा २९ लाख रकम विनियोजन गरिएको छ ।

त्यस्तै ढाडखोला कटान नियन्त्रण कार्य मण्डनदेउपुर ६ मा २९ लाख, पुण्यमाता खोला नदि नियन्त्रण कार्य, बनेपामा ३९ लाख, निस्कुले पहिरो नियन्त्रण कार्य, माझिफेदा, चौरीदेउराली – २२ लाख, रोशि खोला नदि नियन्त्रण मंगलटार, नमोबुद्ध ५ – ३९ लाख, रोशि खोला नदि नियन्त्रण पिपलटार, नमोबुद्ध ८– २४ लाख, कुन्ताबेशी डिव ट्युबेल, मण्डनदेउपुर– ९९ लाख, चमेरे बडार सिंचाई आयोजना महाभारत– ५४ लाख, चाखोला किर्तेटार चौतारा सिंचाई आयोजना मण्डनदेउपुर– ६४ लाख, देविटार गल्टार सिंचाई आयोजना महाभारत १– ९४ लाख, बाँदरटार सिंचाई आयोजना रोशी गाउँपालिका– ४९ लाख, इन्द्रावती भिमटार पाँचखाल सिंचाई परियोजनाको डिटेल डिजाईन रिपोर्ट तयार कार्य पाँचखाल नगरपालिका– ४० लाख, कुन्ता पौवा लिफ्ट खानेपानी आयोजना– २० लाख, चेहेरे सुनकोशी पक्कि सडक पुल– २५ लाख, धुलिखेल रवि पाँचखाल सडक आयोजना(बैकिल्पक मार्ग)– १९ लाख ५० हजार, बेला रानिपानी(विपी र अरनिको राजमार्ग जोड्ने सडक आयोजनाको डिपिआर तयार)– १९ लाख ५० हजार रकम विनियोजन भएको छ ।

केन्द्र सरकारले धुलिखेल नगरपालिकामा धुलिखेल १० डिपबोरिङ्ग खानेपानी– ३० लाख, विपी राजमार्ग ठुलीटार हुँदै अरनिको राजमार्ग जोड्ने– ३० लाख, खावा ठुलीचौरी कल्छे सडक– ५० लाख, शंखु डिप बोरिङ्ग खानेपानी योजना – ५० लाख, देविटार देखि रविओपी खानेपानी आयोजना (धुलिखेल १ र २)– ५० लाख विनियोजन गरेको छ ।

नमोबुद्ध नगरपालिकामा बुसाकोट भन्ञ्याङ्ग भेडाबारी सडक– ३० लाख , सातमुल हुँदै कानपुर मोटरबाटो स्तरोन्नती– ३० लाख, भकुण्डेबेशी लिफ्ट खानेपानी आयोजना (नयाँ)– ३० लाख, विन्धबासिनी मन्दिर निर्माण नमोबुद्ध ८(साविक दरौतीपोखरी ९)–३० लाख, दाप्चा पिपलटार फलामेसाँघु सडक– ५० लाख, भकुण्डेबेशी दाच्चा तल्लो हटिया सडक– ५० लाख रकम विनियोजन भएको छ ।

पनौती नगरपालिकामा नयाँपुल घ्याल्पु आशापुरी मोटरबाटो स्तरोन्नती– ३० लाख, लिलावती सिंचाई आयोजना स्तरोन्नती– ३० लाख, ख्याकु बेसीगाउँ बल्थली शंखु सडक– ३० लाख, नागेचौर नौविसे इटे सडक– ५० लाख रकम विनियोजन भएको छ । पाँचखाल नगरपालिकामा काफ्लेडिही टाँके अनेकोट चक्रपथ– ५० लाख, ओजेटार चालिसे कर्केटार खारवेशी र ठकुरीगाउँ हुँदै बुचाकोट (पाँचखाल १२ नमोबुद्ध) – ५० लाख, चकमके, ढारेडिही, हागेठाँटी माझ डी ग्रामिण सडक नाली स्तरोन्नती– ५० लाख, बनेपा नगरपालिकामा घिमिरेगाउँ काब्रोको बोट नगरकोट सडक– ८० लाख, नाला काशिभञ्न्याङ्ग नयाँगाउँ कुन्ता सडक(काशिभञ्ज्याङ्ग ३ घरे खण्ड) बनेपा ३– ५० लाख, बनेपा ९ कृषिमार्गको राजदास मार्ग सिमानाबाट कृष्णमन्दिर जाने सडक– ५० लाख, बाझाको बन कालिका मार्ग विकटेश्वर हुँदै टपलवनधारी टोल फुलचोकी मार्ग बनेपा १३–१४– ५० लाख, सहिदमार्ग काभ्रे क्याम्पस हुँदै गोसाईस्थान जाने सडक बनेपा ६– ५० लाख, सिनागाल खानेपानी डिप बोरिङ्ग बनेपा ११ – ५० लाख विनियोजन गरिएको छ ।

त्यस्तै मण्डनदेउपुर नगरपालिका, खानिखोला गाउँपालिका, चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, बेथान्चोक गाउँपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका, रोशी गाउँपालिकामा रकम विनियोजन गरेको छ । त्यस्तै इन्द्रावती भिमटार पाँचखाल सिंचाई परियोजना, ढाँडचौर बुढापोखरी रानिकोट सुर्यविनायक सडक, पनौती मल्पि भूमिडाँडा जोरघट्ट भारदेउ सडक, रोशिखोला तिजथली लिफ्ट खानेपानी आयोजनाको डिपिआर तयार गरिने भएको छ । लाकुरी भञ्ज्याङ्ग फुलचोकी ताराखसेलेक भुमिचुली घ्याङ्गडाँडा पर्यटकिय पदमार्ग र साँगा कृषि विश्वविद्यालय निर्माण सम्भाब्यता अध्ययन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्