सिटी एक्सप्रेसद्वारा सहयोग प्रदान



काठमाडौं, (नेस)
सिटी एक्सप्रेस मनी ट्रान्सफरको आफ्नो १२औं वार्षिकोत्सवको उपलक्ष्यमा बाल सारथी संस्थालाई सामाजिक उत्तरदायित्वअन्तर्गत शौक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले नगद ५० हजार रुपिया“ पनि प्रदान गर्ने घोषण गर्नुभएको छ । उक्त रकम त्यस संस्थामा अध्ययनरत ९० जना विद्यार्थीको लागि एक हप्ताको रासन पानीमा खर्च गरिने सो संस्थाका संस्थापक माला खरेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्