सिटिजन्स बैंक र दीर्घायु अस्पातलबीच सम्झौता



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनल र दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टरबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका म्यानेजिङ डाइरेक्टर सुरज बलाया श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतापश्चात बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीले दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउने छन् ।

सिटिजन्स बैंकले ७४ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट करिब ३ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्