प्रभु टिभी शुरू भयो



काठमाडौं, (नेस)
प्रभु समूहले डिजिटल भिडियो प्रशारणमा आधारित भएर प्रभु टिभीको सेवा प्रारम्भ गरेको छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले यस सेवाको प्रदर्शन गरी सेव शुरू भएको थियो ।

सूचना प्रविधिको विकासको क्रमसं“गै ओटीटी प्रणालीमा आधारित भएर मोबाइल, ट्याब्लेट तथा ल्याबटपमा समेत आफूले छानेको च्यानल हेर्नसकिनेछ ।

प्रभु टिभी कल साइनमा देशव्यापी रुपमा वर्षको ३६५ दिन नै उच्च गुणस्तरीय डिजिटल टिभी च्यानलको प्रशारण सेवा प्रदान गर्ने कम्पनीको दाबी छ । यस प्रभु टिभी कल साइनमार्फत प्रविधिमा आधारित भएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिभी च्यानल टिभी तथा ओटीटी प्रविधिमा मोबाइल, ट्याव्लेट तथा ल्याबटपमा इन्टरनेटको माध्यमबाट देशभरि नै वितरण गर्नेछ ।

प्रभु टिभीको आधिकारिक सेटअप बक्स र जडान गर्न सहज एटिनाको खरीदस“ंगै ग्राहकलाई सबै स्थानीय प्रशारित टिभी च्यानलको पह“ुंच हुनेछ । यसका साथै अन्तर्राष्ट्रिय टिभी च्यानल र विशेष कार्यक्रमसमेत उच्च गुण स्तरमा न्यूनतम शुल्कमा हेर्न सकिनेछ ।

प्रारम्भिक रुपमा यस प्रभु टिभीले काठमाडांै, चितवन र पोखरामा आफ्ना सेवा प्रदान गर्ने भए पनि भविष्यमा अन्य स्थानहरुमा क्रमिक रुपमा विस्तार गर्दै लैजानेछ । एकल प्रयोगकर्ताको लागि छ महिनाको १६ सय तथा सेटअप बक्स वापत हजार र संस्थागत प्रयोगकर्तालाई मासिक २ सय सेटअप बक्स वापत ८ सय रुपिया“ तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्