पुस ८। साताको राशिफल । पुस ८ देखि १४ गतेसम्म



ज्यो. चन्द्रेश शर्मा

 मेष
तपाईंका लागि साताका धेरैजसो दिन उत्तम फलदायक नै देखिन्छन्। साताको शुरु र अन्त्यका दिनहरुमा साथीभाइबाट सहयोग, धन, खाद्यपदार्थ, उपहार, मिष्ठान्न भोजन प्राप्ति होला। व्यापारमा सफलता हासिल हुनुका साथै हर्षोल्लास बढ्ला। पढाइ, लेखाइमा सफलता होला। तर साताको बीच मंगलबार र बुधबार भने रोगव्याधिको भय, विवाद, चोटपटकको सम्भावना देखिन्छ। होसियारी अपनाउनुपर्ला।
 वृष
तपाईंका लागि यो साताका धेरैजसो दिनहरु फलदायक नै देखिन्छन्। कार्य सफल, स्वस्थता, भाग्योदय, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ। प्रतियोगितात्मक कार्यमा विजयको संकेत देखिन्छ। धनलाभ, यश वृद्धि, वाहन लाभको सम्भावना छ। समस्याको समाधान एवम् अधुरा कार्य पूरा होला। तर बिहीबार र शुक्रबार भने काममा व्यवधान, स्वास्थ्य समस्या, आर्थिक नोक्सानी नहोला भन्न सकिन्न।
 मिथुन
तपाईंका लागि यो साता शुभ फलदायक छ। शुभ मांगलिक काम हुनेछ। आँटेका र गरेका कार्यहरु सफल हुनेछन्। रोजगार, वैदेशिक यात्रा, बढुवा, सम्पत्ति वृद्धिको सम्भावना छ। परिवार, साथीभाइ, इष्टमित्रबाट सहयोग पाइएला। व्यापार व्यवसाय वा गरिरहेको पेसाबाट राम्रै आम्दानी हुने देखिन्छ। समय शुभ भएकाले सबैको वाहवाही भइनेछ भने मान–सम्मानमा वृद्धि होला।
 कर्कट
तपाईंका लागि यो साता शुभ फलदायक छ। शुभ मांगलिक काम हुनेछ। आँटेका र गरेका कार्यहरु सफल हुनेछन्। रोजगार, वैदेशिक यात्रा, बढुवा, सम्पत्ति वृद्धिको सम्भावना छ। परिवार, साथीभाइ, इष्टमित्रबाट सहयोग पाइएला। व्यापार व्यवसाय वा गरिरहेको पेसाबाट राम्रै आम्दानी हुने देखिन्छ। समय शुभ भएकाले सबैको वाहवाही भइनेछ भने मान–सम्मानमा वृद्धि होला।
सिंह
तपाईंका लागि यो साता फलदायक छ। हुन त शुरुमा रोगव्याधिको भय, शारीरिक कष्ट, थालेको काममा बाधा, आकस्मिक खर्च होला। तर मंगलबारबाट सबै समस्या समाधान हुनेछ। राज्यका तर्फबाट लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, पढाइ वा परीक्षा प्रतियोगितामा सफलता हासिल हुनेछ। राजनीतिककर्मीहरुका लागि झनै सफलता हुने देखिन्छ। कतैबाट राम्रै आर्थिक लाभ पनि होला।
 कन्या
तपाईंका लागि मंगलबार र बुधबारबाहेक साताका सबै दिन उत्तम फलदायक देखिन्छन्। साथीभाइ, इष्टमित्रबाट सहानुभूति प्राप्त होला। खाद्यपदार्थ, उपहार, मिष्ठान्न भोजन पाउने सम्भावना छ। पेसा–व्यापारमा सफलता मिल्ला। परिवारमा समेत सुखानुभूति हुनेछ। तर मंगलबार र बुधबार भने अनेक उल्झन बेहोर्नुपर्ला। हुन लागेको काममा बाधा नहोला भन्न सकिन्न। स्वास्थ्यमा समस्या आउन सक्छ।
 तुला
तपाईंका लागि यो साता उत्तम फलदायक छ। शुभ मांगलिक कामको थालनी हुने, हरेक कार्य सफल हुनेछ। वैदेशिक यात्रा, बढुवा, अचल सम्पत्ति वृद्धिको सम्भावना छ। साथीभाइ–इष्टमित्रबाट ठूलै सहयोग पाइएला। आफ्नो व्यापार व्यवसाय वा पेसाबाट राम्रै आर्थिक लाभ हुने देखिन्छ। उन्नति–प्रगतिका लागि गरेका प्रयासहरु खेर जानेछैनन्। बोली बिक्नेछ।
 वृश्चिक
तपाईंका लागि यो साताका धेरैजसो दिन उपलब्धिमूलक छन्। खेलकुद, परीक्षाजस्ता प्रतिस्पर्धात्मक प्रतियोगितामा सफलता मिल्ला। आर्थिक लाभ हुनाले खर्चको सन्तुलन मिलाउन सहज हुनेछ। विपरीतलिंगीबाट सहयोग एवम् सुख–सन्तोष पाइनेछ। तर सोमबारसम्म भने त्यति राम्रो देखिँदैन। रोगव्याधिको भय, आर्थिक नोक्सानी, पेसा–व्यवसायमा बाधा व्यवधान, प्रतिष्ठामा आँच आउन सक्छ।
 धनु
तपाईंका लागि यो साताका धेरैजसो दिनहरु उत्तम फलदायक छन्। साताको शुरु र अन्त्यका दिनहरुमा धन प्राप्ति, खाद्यपदार्थ प्राप्ति, पुरस्कार÷उपहार प्राप्ति, मिष्ठान्न भोजन प्राप्तिको सम्भावना छ। व्यापारमा सफलता हासिल होला। जोश–जाँगर बढ्नेछ। तर मंगलबार र बुधबार भने स्वास्थ्यमा समस्या देखिएला। साथीभाइ, इष्टमित्रसँग विवाद पर्न सक्छ, होसियार रहनुपर्ला। अधिक खर्च होला।
मकर
तपाईंका लागि साताका शुरुका दिनहरु धेरै उत्तम फलदायक छन्। आकस्मिक धन लाभ, स्वस्थता, रोमान्टिक जमघट, रमाइलो वातावरण होला। उत्तम भोजन प्राप्ति, पुरस्कारको सम्भावना, सानो बोलीले ठूलो काम बन्ने देखिन्छ। आर्थिक उन्नति एवम् मान–सम्मान बढ्ला। व्यापारीलाई विशेष लाभ हुने सम्भावना छ। साताको अन्त्यमा भने व्यर्थमा खर्च, दौडधुप, दिनचर्या अस्तव्यस्त नहोला भन्न सकिन्न।
 कुम्भ
तपाईंका लागि यो साता उत्तम फल दिनेवाला छ। सामान्य प्रयासले पनि धेरै काम बन्नेछन्। शुभ समाचार सुनिनेछ। गरेका कामहरु सफल हुनेछन्। आम्दानीको स्रोत बढ्नेछ। साथीभाइ वा इष्टमित्रको सहयोगले राम्रै काम बन्नेछ। व्यापारबाट राम्रो आम्दानी हुने, पठनपाठनमा सक्रियता बढ्ने, गरिरहेको रोजगारी वा व्यवसायबाट आत्मसन्तुष्टि मिल्नेछ। धन, उपहारादि वस्तु प्राप्तिको सम्भावना छ।
 मीन
तपाईंका लागि साताको धेरैजसो समय फलदायक देखिन्छ। हुन त सोमबारसम्म रोगव्याधिको भय, शारीरिक कष्ट, काममा बाधा, आकस्मिक खर्च होला। तर मंगलबारबाट क्रमशः समस्या समाधान हुनेछन्। राज्यका तर्फबाट लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, पढाइ वा परीक्षा प्रतियोगितामा सफलता हासिल हुनेछ। राजनीतिमा सफलता, कतैबाट आर्थिक लाभ एवम् मिष्ठान्न भोजन प्राप्ति हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्